Suvadin, Home

महाभूकम्प आउने अफवाह फैलाएको आरोपमा ज्योतिष क्षेत्री पक्राउ

काठमाडौं, जेठ २२ - भूकम्प आएर नेपाल ध्वस्त हुन्छ भन्दै अन्तर्वार्ता दिने अर्जुन क्षेत्री पक्राउ परेका छन् । उनी आफूलाई युवा ज्योतिषी दाबी गर्दै आएका थिए ।

उनलाई आज काठमाडौं प्रहरी परिसरले काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो। उनले आफूले गरेको सबै भविष्यवाणी मिल्नै भन्दै अफवाह फैलाउने गरेका थिए । विभिन्न युट्युब च्यानलमा उनले आउँदो जेठ २७ गते नेपालमा भूकम्प आएर सबै ध्वस्त हुने र थुप्रै मान्छेको हताहती हुने अफवाह समेत फैलाएका थिए।


 

More form the Internet

loading...