Suvadin, Home

Cover Image

घाँस काट्न गएकी युवतीको भीरबाट लडेर मृत्यु

जाजरकोट, जेठ २१ - जाजरकोटको बारेकोट गाउँपालिका( ८, लैखमकी ३८ वर्षीया गीता कुमारी खत्री भीरबाट लडेर मृत्यु भएको छ।छाती र टाउकोमा चोट लागेर गम्भीर भएकी उनको उपचारका क्रममा जाजरकोट अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

घाँस काट्न गएको बेला रापानीको भीरबाट दुई सय मिटर तल खसेर गम्भीर घाइते भएकी उनलाई तत्काल जाजरकोट अस्पताल पुर्‍याइए पनि बाँच्न भने सफल भइनन्।


 


 

More form the Internet

loading...