Suvadin, Home

वृक्षरोपण कागजमै सीमित
सेनाले रोपेका २० हजार विरुवा हराए

‘वृक्षारोपण गरेपछि खाली डाँडा हरियालीमा परिणत हुने आश थियो,’ उनले भनिन, ‘नेपाली सेनाले विरुवा रोपेपछि गोडमेल, स्याहार सुसार र मलजल नभएकाले विरुवा मरेको छ।’ वृक्षरोपण गरिसकेपछि सामुदायिक वन समूह, नेपाली सेना तथा जिल्ला वन कार्यालयबाट उचित संरक्षण हुन नसक्दा विरुवा नष्ट भएको स्थानीयको आरोप छ। 

उदयपुर, जेठ २३ - बुधबार विश्व वातावरण दिवस मनाइयो । वातावरण दिवस मनाउन सन् १९७३ देखि संयुक्त राष्ट्र संघले विश्व पर्यावरणप्रति विश्वस्तरमा सचेतना जगाउने उद्देश्यले सुरु गरेको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास वातावरणमैत्री हुनुपर्ने भन्दै एभोकाडो विरुवा रोपेर पानी हालेका छन्। प्रधानमन्त्री ओलीले मात्र होइन, समाजका अगुवा हुँ भनेर परिचय बनाउनेहरूले एउटा विरुवा रोपेर पानी लगाउँदै गरेको फोटो सामाजिक सञ्जालमा बाक्लिँदै गएका छन्।

‘वातावरण संरक्षणको बारेमा खासै ठोस काम भएको देखिँदैन,’ उदयपुरका पत्रकार होमबहादुर बस्नेतले भने, ‘वातावरण दिवसको अवसरमा भइरहेको वन विनाश कसरी रोक्न सकिन्छ भन्ने कसैको पनि ध्यान गएको छैन।’

ग्रामीण क्षेत्रका स्थानीयले इन्धनको मुख्य स्रोत दाउरा हो। जुन दाउरा इन्धनको रूपमा दैनिक जीवनयापन गर्ने मुख्य माध्यम हो। दाउरा प्रयोग कसरी घटाउने र वन विनाश हुनबाट जोगाउनेतर्फ सरोकारवालाले ध्यान नदिएको बस्नेतको भनाइ छ।

चोरी निकासी वन विनाशको मुख्य कारण उदयपुरमा भइरहेको वन विनाश दाउराकै प्रयोग नै एउटा कारण मान्न सकिन्छ। जसले गर्दा चुरे र महाभारत क्षेत्रका वन नांगो बन्दै गएको छ। महाभारत र चुरे वन क्षेत्रमा हुने चोरी तस्करी पनि अर्को कारण छ।

चुरेको माथिल्लो क्षेत्रमा घना जंगल र तल्लो क्षेत्रको सिरहा र सप्तरीतर्फ खासै जंगल छैन। वनक्षेत्र अतिक्रमणसँगै दाउराको विकल्पमा अन्य इन्धन प्रयोगमा नल्याउनु र चोरी निकासी नरोकिनु वन विनाशको मुख्य कारण भएको चौदण्डी नगरपालिका २ का वडा अध्यक्ष सन्तोष सुवेदीको भनाइ छ।

‘ग्रामीण क्षेत्रमा दाउराको प्रयोग हटाउन अन्य विकल्प खोज्नुपर्छ,’ उनले भने, ‘चुरे र महाभारत क्षेत्रमा हुने चोरी तस्करी रोकिनुपर्छ, अनि मात्र वन विनाश रोकिन्छ, अनि मात्र वातावरण संरक्षणको लागि एउटा काम हुन सक्छ।

त्रियुगा नगरपालिका ५ स्थित वुर्जाकान्ला र संन्यासी सामुदायिक वन क्षेत्रमा २०७४ साउन ११ गते सेनाका तत्कालिन हालका कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले वृक्षारोपण गरेका थिए। अहिले ती विरुवा मरेको स्थानीय हस्तमाया बस्नेत बताउँछिन्।

‘वृक्षारोपण गरेपछि खाली डाँडा हरियालीमा परिणत हुने आश थियो,’ उनले भनिन, ‘नेपाली सेनाले विरुवा रोपेपछि गोडमेल, स्याहार सुसार र मलजल नभएकाले विरुवा मरेको छ।’ वृक्षरोपण गरिसकेपछि सामुदायिक वन समूह, नेपाली सेना तथा जिल्ला वन कार्यालयबाट उचित संरक्षण हुन नसक्दा विरुवा नष्ट भएको स्थानीयको आरोप छ। 


 

More form the Internet

loading...