Suvadin, Home

मन्दिरजस्तो पवित्र स्थलमा यौनक्रिडाका दृश्य 

दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बीचपनि फैलाउँदै लगेछन । दासीले आफ्नो पतिलाई र सेनाले आफ्ना पत्नीलाई सिकाए । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउदै लगे । यस्ता नयाँ–नयाँ असनहरुका नयाँ नया अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममाः साधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।

काठमाडौं, जेठ २५ - उपत्यकाका मन्दिरमा छाना अड्काउने काठहरु तपाईँहरुले याद गर्नुभएको छ ? जहाँ यौनिक चित्रकला दुरुस्तै देखिन्छन् जसले नव आगन्तुकलाई निकै आश्चर्यमा पारिदिन्छ । हो, तिनै चित्रकलासहितका काठलाई टुडाल भनिन्छ । तर, टुडालमा जे देख्नुहुन्छ त्यसले भने तपाईलाई आश्चर्य लाग्न सक्छ । खासमा टुडालको एकमात्र उद्देश्य मन्दिरको छानो दरिलो बनाउने हो तर त्यसमा राखिएका र कुदिएका यौन दृश्यले भने सबैलाई आश्चर्य लाग्न सक्छ । 

प्याकोण वा प्यागोडा शैलीमा बनाईने मन्दिरका छानामा बढी माटाका टायलहरुको प्रयोग हुनेहुँदा बर्खायाममा पानीले पर्खालहरु गल्ने र भत्किने डरले प्रयोग गरिने दरिला काठमा यौनका कलाकर्म देखाउने कुनो कसरी बन्न थाल्यो रु यो सबैको चासोको विषय हो । सुरुमा टुडालमा शरीरका विभिन्न मोडका मात्रै आर्कषक कलाहरु बनाइन्थ्यो ।

हिन्दु धर्ममा यसरी तले मन्दिरका टुंडालमा कला कुद्ने काम भने बौद्ध धर्मबाट आएको मानिन्छ । पहिले–पहिले वनदेवीले भिक्षुुहरुको रक्षा गरेको र पछि हिन्दु संस्कृतिमा वनदेवीलाई कालाभाञ्जिकाकै स्वरुप मानियो । कालाभाञ्जिकाले आफ्ना मान्छेलाई रुखका हाँगामा बसेर सुरक्षा दिन्छिन् भन्ने विश्वास भएका कारण मन्दिरको माथिल्लो भागमा ४५ डिग्री बनाएर रुखकै हाँगामा झुण्डिएजसरी मूर्ति कुद्न थालियो । 

त्यतिबेलासम्म मन्दिरमा यसरी यौनक्रिडाका विभिन्न आसनहरु सहितका कला देख्न पाइदैनथ्यो । तर, १३ औं शताब्दीमा पनौतीमा निर्माण भएको इन्द्रेश्वर महादेव मन्दिरको टुडालमा भने कामुक कलाको प्रयोग गरेको पाइन्छ ।

मन्दिरको टुडालमा यौनजन्य कला किन कुदिन्छन ?

१ मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन भन्ने विश्वास छ ।

२  तात्कालिक बौद्ध र हिन्दु धर्म मान्नेहरुमा जीवनप्रति चरम वितृष्ण पैदा भएकाले उनीहरु संसारिक जीवन त्यागेर भिक्षु र जोगी बन्न थालेपछि मानव विकास प्रक्रिया र सृष्टिको चक्र नै बिथोलिने भय बढेकाले त्यसपछि यस्ता चित्र देखाएर मानिसहरुलाई सन्तान उत्पादनका लागि प्रोत्साहन गर्न मन्दिरहरुमा यस्ता कला कुद्न थालिएको मान्यता छ ।

३ मन्दिरमा पस्दा मानिसले नराम्रा विचार, भावना बाहिरै फालेर विशुद्ध धार्मिक भावना र कार्यका लागि मात्रै पस्नुपर्छ भन्ने सन्देश दिन टुडालमा कामुक कला कुदिएका मानिन्छ ।

एक दरबारभित्रको रहस्य

एक पल्ट पन्धैं शताब्दीतिर मल्लकालिन एकजना राजा एकाएक दरबारबाट गायव भएछन् । उनको चारैतिर खोजि भयो । दरबारमा हाहाकार मच्चियो । तर, राजा भेष बदलेर देश भ्रममा निस्केका छन्, जनताको दुःखसुखलाई बुझ्नकालागि उनी गुप्त यात्रामा रहेछन् । राजा लामो समयसम्म नै फर्केनन् । राजाको अनुपस्थितिमा दरबारभित्र अनेक प्रकारका विकृृतिहरु बढ्न थाले । भारदार, सेना, दासदासी र रानीहरुका बीचमापनि अव्यवस्था देखिन थाल्यो ।

दरबारभित्रको कुरा बाहिर त्यति थाह नहुने भएपनि अति भएपछि पोखिनु स्वभाविक थियो । दरबारभित्रको चर्तिकला सबैतिर व्याप्त ‘दरबारभित्र दिनदिनै यौनमय वातावरण हुर्किदै गएछ । रानीहरु, दासीहरु, भारदार र सेनाहरुकाबीच उठबस गर्दागर्दै यौनसम्बन्ध व्यापक हुन थालेछ । दरबार दिउसै यौन भवन जस्तो बन्न थालेछ । सामान्य यौन संबन्धले नपुगेर अनेकौं कामसूत्रीय आसनहरुको अभ्यास हुन थालेछ । 

दरबारभित्र सिकेका दासी र सेनाहरुले आफ्ना घरमा पतिपत्नीहरुका बीचपनि फैलाउँदै लगेछन । दासीले आफ्नो पतिलाई र सेनाले आफ्ना पत्नीलाई सिकाए । भारदारहरुले पनि घर घरमा त्यसलाई फैलाउदै लगे । यस्ता नयाँ–नयाँ असनहरुका नयाँ नया अभ्यास र आविष्कार पनि हुन थालेछ । दरबारबाट शुरु भएको यो यौन अभ्यास देशैभरि व्याप्त भएछ । दिनदिनै नयाँ नयाँ पाराको यौन अभ्यासबाट सिक्ने सिकाउने क्रममाः साधारण सिपाहीपनि रानीको ओछ्यानसम्म पुग्न थालेछ ।

यौनको यो स्वच्छन्दताले देशनै यौनकुञ्ज जस्तो बन्न पुगेपछि दरबार भित्रै समाजलाई यसबाट कसरी मुक्त गर्ने भन्ने छलफल शुरु भएछ । लामै छलफल र सोचपछि यसलाई लुकाएर र दबाएर समाधान हुँदैन । यसको सार्वजनिक प्रदर्शन र प्रचार गर्नुपर्छ, जसबाट मानिसमा मानसिक बितृष्णा उत्पन्न हुन्छ र यो आवश्यकीय र व्यवस्थित हुन्छ भन्ने निष्कर्ष निस्केछ । 

अनि काठमा, माटोमा, धातुमा जे–जेमा हुन्छ यौनबद्धक आकृतिहरु सार्वजनिक रुपमा प्रदर्शन गर्नु भन्ने आदेश भएछ । त्यसपछि कलाकारहरुले आ–आफ्ना कलालाई यौनसौन्दर्य्तिर मोडेछन । त्यसैबेलादेखि सार्वजनिक स्थलहरुमा, मठमन्दिरहरुमा, जहाँ–जहाँ मानिसको विशेष उपस्थिति हुन्छ, त्यहाँ–त्यहाँ यस्ता यौन आकृति स्थापना गर्न थालिएको जनविश्वास छ ।


 

More form the Internet

loading...