Suvadin, Home

Cover Image

यौन दुराचार आरोपी क्यानेडियन नागरिक पिटर जेल चलान

पिटरले नेपालमा पछिल्लो केही बर्षदेखि हिमालय कम्युनिटी पाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स-साना बालकहरूलाई यौन शोषण गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मीले बताए ।

काठमाडौ‌‌, जेठ २८ - बाल यौन दुराचारको आरोपमा एक क्यानेडियन नागरिक पूर्पक्षका लागि जेल चालान भएका छन् । ६० वर्षीय क्यानेडियन नागरिक पिटर जोन डालल्गिस पूर्पक्षका लागि वैशाख २७ गते जेल चलान भएका हुन् ।

विषेश सूचनाको आधारमा २०७४ चैत्र अन्तिम साता काभ्रेपलाञ्चोक, मण्डन देउपुर नगरपालिका १ स्थित चिलकाजी महर्जनको घरबाट पिटर पक्राउ परेका थिए। बन्धक बनाइ राखेका १२ र १४ वर्षका २ नेपाली पीडित बालकलाई समेत प्रहरीले उद्दार गरेको थियो ।

नेपाली बालकलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन दुराचार जस्तो अनैतिक क्रियाकलाप गरिरहेको अवस्थामा केन्द्रीय अनुसन्धन ब्यूरो ९सीआईबी० ले पक्राउ गरी जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको थियो ।

पिटरले नेपालमा पछिल्लो केही बर्षदेखि हिमालय कम्युनिटी पाउन्डेशन नामक संस्था सञ्चालन गरी गरिब तथा विपन्न समुदायलाई शिक्षा र खानेपानीमा सहयोग गर्ने गरेको र ती समुदायका बालकलाई पढाईदिने, बिदेश घुमाईदिने, ठूलो भएपछि जागिर लगाईदिने भन्दै समाजसेवीको आवरणमा स-साना बालकहरूलाई यौन शोषण गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिपक रेग्मीले बताए ।

अभियुक्त युद्भ पीडित बालबालिका, कामदार बालबालिका तथा सडक बालबालिकाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेको, ३ वटा मानार्थ बिध्यावारिधि प्राप्त गरेको, सडक बालक अन्तर्राष्ट्रियको संस्थापक रहेको, युएन ह्याबिटेट अफगानिस्तान मा कन्ट्री रेप्रिजेन्टिभको रूपमा समेत काम गरेका थिए।

उनलाई मुलुकी ऐनको महल १४ जबर्जस्ती करणीको ९ (क) मा बाल यौन दुराचार अपराधमा अधिकतम १५ बर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति हुनसक्ने कानुनी व्यवस्था छ।


 

More form the Internet

loading...