Suvadin, Home

Cover Image

युवा ज्योतिषी क्षेत्रीको भविष्यवाणी उनीभित्रको अल्पज्ञान की भ्रम ?

कसैले यत्तिसम्म भने, - 'भुकम्प आउने भविष्यवाणी गर्ने ज्योतिषीले आफु पक्राउ पर्ने कुरा किन थाहा पाउन सकेनन् ?' कसैले यत्तिसम्म भने - 'ज्योतिषी क्षेत्रीले आफ्नो भविष्यवाणी गर्न किन नसकेका, अहिले प्रहरी खोरमा जानुपर्यो ।" यी र यस्तै कैयौँ प्रतिकृया आए ।

Author's Commentary

ज्योतिष एक शास्त्र हो, जो विज्ञानमा आधारित छ । तर ज्योतिषीको योग्यता र क्षमता अर्को पक्ष हो । अध्ययनबिनाको अल्पज्ञानी ज्योतिषीको भविष्यवाणीले व्यक्तिको मनस्थिती मात्रै होईन, दैनिक जीवनमा समेत नकारात्मक प्रभाव पार्न सक्छ ।

Sb Saud |

काठमाडाै‌‌‌, जेठ २८ -  ''जेठ १७ देखि २८ गतेसम्म खतरामा, लेखेर राख्नुस् । भुकम्प एक जान्छ, दुई जान्छ, तीन जान्छ अन्तः जान्छ ।''  युवा ज्योतिषी अजुन क्षेत्रीको यो भनाई तथा भविष्यवाणी सार्वजनिक भएलगत्तै आममानिसमा एक प्रकारको त्रास पैदा भयो ।  

नहोस् पनि कसरी ? २०७२ सालको बिनाशकारी भुकम्पले आफन्त गुमाएका, भुकम्पमा परि अङ्गभङ्ग भएकालाई विगतको घटनाले तर्साउन थाल्यो । उसो त आम सर्वसाधारणलाई पनि कतै ज्योतिषीको कुरा लाग्ने पो हो की ? त्यसो अवस्थामा कसरी जोगिने होला ? जस्ता प्रश्नै-प्रश्नहरु बढ्न थाले । 

आज विहानै एक सानी बालिका भन्दै थिईन् - 'आज भुकम्प आउने रे मामु । हामी घरभित्र नबस्ने ल...।  दिउँसो काठमाडौंका एक व्यापारी भन्दै थिए, आज भुकम्प आउने रे ? कतै.....जोगिनु है ।

क्षेत्रीको भविष्यवाणीले वृद्ध-वृद्धादेखि बालबालिकामा समेत त्रासदी पैदा गराएको छ नै ।  भोजपुर स्थायी घर भएका ज्योतिषी क्षेत्री करिब १२ बर्षको उमेरदेखि ज्योतिषी पेशामा सक्रिय रहेको दाबि गर्छन । 

उनी सधै नयाँ-नयाँ भविष्यवाणी गरेर चर्चामा आइरहन्छन । भर्खरै उनले यही जेठको १७ गते देखि २८ गतेसम्म नेपाललाई धेरै ठुलो खतरा रहेको र ठुलो भूकम्प जाने ठोकुवा मात्र गरेनन्  ।

उनले कती रेक्टर स्केल र कुन ठाउँमा केन्द्रबिन्दु भएर जाने सम्म खुलाए । उनकाअनुसार दाङ्, नेपालगञ्ज र रुपन्देही मध्य एक ठाउँमा केन्द्र बनाएर ६ देखि ७ दशमलव रेक्टरस्केल वा सो भन्दा माथिको झड्का जाने बताएका छन् ।

उनले यो भन्दा अगाडी पनि आफुले गरेका भविष्यवाणीहरु मिलेको दाबि गरेका छन । आफुलाई गौतम बुद्धसँग दाज्ने उनको ठोकुवा छ कि, गत माघ र फाल्गुन महिनाभित्र नेपालमा विमान दुर्घटना हुन्छ भनेको र ताप्लेजुङमा दुर्घटना भई सो भविष्यवाणी पुगेकोसम्म दावी गरेका छन् । उसो त उनको भविष्यवाणीपछि सामाजिक सञ्जालमा विभिन्न प्रतिकृयाको ओईरो नै लाग्यो । 

कसैले यत्तिसम्म भने, - 'भुकम्प आउने भविष्यवाणी गर्ने ज्योतिषीले आफु पक्राउ पर्ने कुरा किन थाहा पाउन सकेनन् ?'
'ज्योतिषी क्षेत्रीले आफ्नो भविष्यवाणी गर्न किन नसकेका, अहिले प्रहरी खोरमा जानुपर्यो ।" यी र यस्तै कैयौँ प्रतिकृया आए ।

उनको भविष्यवाणी बाहिरिएसँगै जनमानसमा भुकम्प जाने भ्रम फैलाएको आरोपमा प्रहरीले पक्राउ गरेरै छाड्यो । उनले यो पनि भनेका थिए । भुकम्प जाने खतरा छ, विश्वास गर्नुस् या नगर्नुस् । मलाई पुलिसले समाते पनि केहि छैन । मेरो विद्याले यस्तै भन्छ । 

उता महानगरीय प्रहरी परिसर काडमाडौंका डिएसपि होबन्द्र बोगटीका अनुसार ज्योतिषी क्षेत्रीले अनुमानका आधारमा भुकम्प आउन सक्ने बयान दिएका थिए । यसआधारमा उनलाई ६ महिना कैद र १ लाख सम्मको जरिवाना हुन सक्ने देखिएको छ ।

आज जेठको २८ गते फेरी पनि आम मानिसलाई एक प्रकारको आशंका छ , प्रायः भनेको कुरा मिल्न गएको भन्ने ज्योषिती क्षेत्रीले भुकम्प जाने समय र स्थान नै तोक्दा आममानिसमा त्रास मात्र नभई भुकम्प आई हाले कसरी जोगिने भन्ने उपाय पनि मनमनै सोचीरहेका छन् ।  

अत:  ज्योतिषमा विश्वास गर्ने प्रायः सबैले सोध्छन् गुरू हजुरले चिना हेर्नुहुन्छ ? चिना बनाउनु हुन्छ ? कसैले हात हेरिदिन भन्छन् । कतिपयले सोध्छन्, ज्योतिष भनेको हात हेर्ने विद्या होईन ? र कतिपयले जिज्ञासा राख्छन् यो त अंकको खेल हो रे ? यस्ता तमाम कौतुहल धेरैको मनमा पक्कै होला । ज्योतिष के हो र यसले कसरी काम गर्छ भन्ने बुझ्न खोज्दा प्रायः ज्योतिषीको छोटो जवाफ आउँछ,  साधारण भाषामा भन्ने हो भने ज्योतिषः ज्योति देखाउने कार्य हो । 

ज्योतिष एक शास्त्र हो, जो विज्ञानमा आधारित छ । तर, ज्योतिषीको योग्यता र क्षमता अर्को पक्ष हो । अध्ययनबिनाको अल्पज्ञानी ज्योतिषीको भविष्यवाणीले व्यक्तिको मनस्थिती मात्रै होईन दैनिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्छ । मानौँ, ज्योतिषीले राम्रो कुरा सुनाए त खुसी नै भईहालिन्छ । यदि पिडादायी कुराको भविष्यवाणी गरे जो कोहिलाई डर, आशंकाले घेरिरहन्छ । 

अतः प्रहरीको हिरासतमा रहेका ज्योतिषी अर्जुन क्षेत्रीको भविष्यवाणी कत्तिको मेल खान जान्छ, त्यो जेठ २८ अर्थात आजको मध्यरातसम्म अधिकांशले मनमनै एक प्रकारले जाँचिरहनेछन् । त्यसपछि उनको विद्यामाथी प्रश्न मात्र नभई उनको पछिल्ल्लो भविष्यवाणीको सायद सबैले खुलेरै खण्डन गर्नेछन् । अन्ततः ज्योतिषी क्षेत्रीकोे भविष्यवाणी उनीभित्रको अल्पज्ञान र भ्रममा सिमित रहनेछ ।  
 


 

More form the Internet

loading...