Suvadin, Home

Cover Image

शौचालयको छानो भत्किँदा दार्चुलामा चार बालबालिकाको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराका अनुसार नौगाड गाउँपालिका–४ का ९ बर्षिया निरुता ठगुन्ना, १० बर्षिया अनुस्का धामी, ५ बर्षिया युनिका ठगुन्ना, ८ बर्षिय सुदिप धामीको मृत्यु भएको हो।

दार्चुला,जेठ २८– जिल्लामा शौचालयको छानो भत्किँदा चार जना बालबालिकाको मृत्यु भएको छ। मंगलबार साँझ करिब ४ बजे नौगाड गाउँपालिका(४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाने भत्किँदा चार बालबालिकाको घटनास्थलमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराका अनुसार नौगाड गाउँपालिका–४ का ९ बर्षिया निरुता ठगुन्ना, १० बर्षिया अनुस्का धामी, ५ बर्षिया युनिका ठगुन्ना, ८ बर्षिय सुदिप धामीको मृत्यु भएको हो।

विद्यालय बन्द रहेको समयमा खेलिरहेका उनीहरू छानो भत्किँदा पुरिएका हुन्। शौचालयको छतमा कति जनाले खेलिरहेका थिए भन्ने यकिन भएको छैन्। सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा शव निकालिएको छ।


 

More form the Internet

loading...