Suvadin, Home

रातमा ट्याक्सी भाडा महँगो पर्ने, सार्वजनिक सवारी नपाइने
अनुदान दिएरै भए पनि उपत्यकामा रात्रिकालीन बस सेवा शुरु गर्न विज्ञको सुझाव

साँझ परेपछि कम सवारीसाधन पाइने हुँदा यात्रुहरू झुन्डिएरै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् रात्रिबस सेवा पटकपटक बन्द भए पनि समग्र यातायात प्रणालीमा सुधार गर्ने हो भने समस्या नहुने बताउँछन् ट्राफिक इन्जिनियर आशिष गजुरेल। रातको समयमा यात्रु नपाइनेभन्दा पनि व्यवस्थित प्रणाली नभएकाले समस्या उत्पन्न हुने गरेको उनको बुझाइ छ।

काठमाडाै‌, जेठ ३१ - सरकारले उपत्यकाका प्रमुख स्थानमा राति पनि सार्वजनिक यातायात चलाउने आफ्नो निर्णय तत्काल कार्यान्वयन नहुने सूचना निकालेपछि त्यस्तो सेवा सञ्चालन होला कि नहोला भनेर प्रश्न उठेको छ। उसाे त राति सार्वजनिक यातायातका साधन नपाउँदा यात्रुहरूले दु:ख पाउने गरेका छन् । देशको सङ्घीय राजधानी भए पनि रात पर्नासाथ सहर सुनसान हुने व्यवसायीहरूको दाबी छ भने यात्रुहरू भने ठूला सवारीसाधन नपाइने हुँदा आफूहरू ट्याक्सी चढ्न वा हिँड्न बाध्य हुने गुनासो गर्छन्।

असार १ गते देखि लागु हुने भनिएको रात्रिकालीन यातायातका लागि १४ वटा रूटमा तोकिएको थियो। सेवा सञ्चालनका लागि १४ वटा कम्पनी तयार पनि भएका थिए। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले एउटा विज्ञप्ति प्रकाशित गर्दै थप अध्ययन गरी ठोस निष्कर्षमा पुग्नुपर्ने आवश्यकता महसुस भएकाले भन्दै पहिलाको निर्णय लागु नहुने बताएको छ। व्यवसायीहरूसँग अन्तिम समयमा आएर भाडाबारे कुरा नमिलेपछि योजना कार्यान्वयन हुन नसकेको बताइन्छ।

यसअघि काठमाडाै‌ महानगरपालिकाले दिएको ४५ लाख रुपैयाँ अनुदानमा सञ्चालित रात्रिबस सेवा पनि लामो समय चल्न सकेन। यात्रु नपाइएकाले घाटा भएको भन्दै व्यवसायीहरूले रात्रिबस चलाउन बन्द गरेका थिए। सार्वजनिक सवारीसाधनको भाडा बढाउने अर्को निर्णयबाट रात्रिकालीन सेवाको योजना प्रभावित भएको जानकारकाे भनाइ छ ।

कति सम्भव छ ?

साँझ परेपछि कम सवारीसाधन पाइने हुँदा यात्रुहरू झुन्डिएरै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुन्छन् रात्रिबस सेवा पटकपटक बन्द भए पनि समग्र यातायात प्रणालीमा सुधार गर्ने हो भने समस्या नहुने बताउँछन् ट्राफिक इन्जिनियर आशिष गजुरेल। रातको समयमा यात्रु नपाइनेभन्दा पनि व्यवस्थित प्रणाली नभएकाले समस्या उत्पन्न हुने गरेको उनको बुझाइ छ।

'विकसित मुलुकमा समेत राति सार्वजनिक सवारीसाधनमा भिडभाड हुँदैन। त्यसैले सरकारले ध्यान दिनुपर्ने कुरा भनेको निश्चित पद्धतिको निर्माणमा हो,' गजुरेलले भने।

राति सवारीसाधन चलाउन सरकारले आर्थिक पक्ष र सुरक्षाको चाँजोपजोमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। उनका अनुसार त्यसबाहेक टिकट, सवारी रूट र बस आउने जाने समयजस्ता कुरामा विशेष ध्यान दिइनुपर्छ।

'काठमाडाैमा ८ बजेपछि यात्रु घट्ने कारण नै सार्वजनिक यातायात नपाइनाले हो । ट्याक्सी महँगो पर्ने र सार्वजनिक सवारीसाधन नपाइने भएकाले मानिसहरूलाई समयमै घर वा काममा जाने बानी परेको छ जुन रात्रिकालीन सेवामा चल्न सके आफै फेरिँदै जानेछ,' गजुरेलले भने।

यसैबीच सरकारले चौबीसै घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्ने र आगामी वर्ष नेपाल भ्रमण वर्ष मनाउने योजना सार्वजनिक गरेको अवस्थामा केही समय अनुदान तथा अन्य सुविधा दिएरै भए पनि रात्रिकालीन सेवा चलाउनु पर्ने सुझाव विज्ञहरूको छ। सवारीसाधन सञ्चालनमा घाटा बेहोर्नु परे पनि समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने हुँदा रात्रिसेवा अगाडि बढाउनुपर्ने उनीहरू बताउँछन्। 


 

More form the Internet

loading...