Suvadin, Home

Cover Image

हावाहुरी पीडितको अवस्था उस्तै

स्थानीय र प्रदेश सरकार घर आँगनमै भए पनि कञ्चनपुरका हावाहुरी पीडितले अहिलेसम्म त्यसको अनुभूति गर्न पाएका छैनन् । गत जेठ २३ गते आएको हावाहुरीबाट कञ्चनपुरमा मानवीय क्षति नभए पनि झण्डै १८५ घरपरिवार प्रभावित भएका छन् ।

कञ्चनपुर, असार ५ - कञ्चनपुरका हावाहुरी पीडितले आफूहरुको समस्या सरकारले नहेरेको गुनासो गरेका छन् । देशमा तीन तहको सरकार भए पनि विपद्का बेला आफूलाई कसैले साथ नदिएको उनीहरुको गुनासो छ ।

स्थानीय र प्रदेश सरकार घर आँगनमै भए पनि कञ्चनपुरका हावाहुरी पीडितले अहिलेसम्म त्यसको अनुभूति गर्न पाएका छैनन् । गत जेठ २३ गते आएको हावाहुरीबाट कञ्चनपुरमा मानवीय क्षति नभए पनि झण्डै १८५ घरपरिवार प्रभावित भएका छन् ।

हावाहुरीले अधिकांशका घर भत्किएका छन् भने केराखेती, कुखुरापालनलगायतका व्यवसाय धरासायी भएका छन् ।  गत चैतमा बारा, पर्साका हावाहुरी पीडितलाई राहत बाडेका स्थानीय र प्रदेश सरकारले आफ्नै क्षेत्रका पीडितप्रति चासो नदेखाएको उनीहहरुको गुनासो छ ।  हावाहुरी पीडितलाई राहतका लागि ११ करोड २९ लाख खर्च गर्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सरकारको निर्णय अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

हावाहुरीले भत्किएका घरहरुमध्ये कतिपय पुनर्निर्माण भएका छन् भने कतिपय अझै उस्तै छन् । स्थानीय सरकारले भने पीडित परिवारको तथ्यांक संकलनको काम भइरहेको बताउँदै राहत वितरणको काम जारी रहेको जनाएका छन् ।

 


 

More form the Internet

loading...