Suvadin, Home

प्रहरीको गाेली प्रहारबाट विप्लवका सर्लाही इन्चार्जकाे मृत्यु, एसपीको टोली घटनास्थल जाँदै

गस्तीमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोली र विप्लवका कार्यकर्ताबीच लालबन्दी नगरपालिका १ लखनदेही खोला छेउमा झडप भएको हो । मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्तालाई सुरक्षा जाँचका क्रममा रोक्ने क्रममा भिडन्त भएको दाबी २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

सर्लाही, असार ५ - प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्।  

गस्तीमा रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको टोली र विप्लवका कार्यकर्ताबीच लालबन्दी नगरपालिका १ लखनदेही खोला छेउमा झडप भएको हो ।  मोटरसाइकलमा रहेका विप्लवका कार्यकर्तालाई सुरक्षा जाँचका क्रममा रोक्ने क्रममा भिडन्त भएको दाबी २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

गस्तीमा रहेका प्रहरीमाथि पहिले विप्लवका कार्यकर्ताले गोली हानेपछि प्रतिकार भएको प्रदेश २ प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालयबाट एसपीसहितको टोली त्यसतर्फ गइरहेको छ।  


 

More form the Internet

loading...