Suvadin, Home

इरानले अमेरिकी ड्रोन खसालेको वासिङ्टनद्वारा पुष्‍टि

आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले अमेरिकालाई स्पष्ट सन्देश दिएको बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

एजेन्सि, असार ५  -  स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानले जमिनबाट क्षेप्यास्त्र प्रहार गरेर खसालिदिएको अमेरिकी अधिकारीहरूले जनाएका छन्।

इरानको इस्लामिक रिभोलुसन गार्डस् कोर (आइआरजिसी)का अनुसार बिहीवार सबेरै उक्त जासुसी ड्रोन इरानी आकाशभित्र पाइएकोले त्यसलाई खसालिएको हो।

आइआरजिसीका कमान्डर मेजर जनरल हुसैन सलामीले उक्त घटनाले अमेरिकालाई स्पष्ट सन्देश दिएको बताएको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिने बताएका छन्।


 

More form the Internet

loading...