Suvadin, Home

११ घण्टा सुरुङमा थुनिएर बाहिर निस्केपछि...

उनीहरुलाई शुक्रबार बिहान ७ बजे बाहिर निकालिएको हो  पहिरोले सर्ज साफ्ट जाने बाटोमा क्षति पुर्‍याएपछि कामदार भित्रै बसेका थिए। आयोजनाको सर्ज साफ्ट भन्दा माथि रहेको डाँडाबाट झरेको पहिरोले विद्युतको पोलमा लाग्दा विद्युत् अवरुद्ध भएको थियो।

रसुवा, असार ६ - रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार सकुसल बाहिर  आएका छन्।  बिहिबार राति साढे ८ बजे पहिरो जाँदा सुरुङ भित्र फसेका १७ जना कामदार सकुसल बाहिर आएका हुन्।

उनीहरुलाई शुक्रबार बिहान ७ बजे बाहिर निकालिएको हो  पहिरोले सर्ज साफ्ट जाने बाटोमा क्षति पुर्‍याएपछि कामदार भित्रै बसेका थिए। आयोजनाको सर्ज साफ्ट भन्दा माथि रहेको डाँडाबाट झरेको पहिरोले विद्युतको पोलमा लाग्दा विद्युत् अवरुद्ध भएको थियो।

सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको भएपनि भेन्टिलेसन र सुरुङ भित्र विद्युत सेवा नियमित भएका कारण कामदारलाई कुनै पनि अप्ठेरो नपरेको आयोजना प्रमुख छबि गैरेले बताए।  रातिको समयमा पहिरो गएका कारण उद्धारमा कठिनाइ भएको थियो।

बिहान ७ बजेभित्र सबै जनाको उद्धार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए।  त्यहाँ जान जोखिम हुने देखिएपछि ड्रोनको माध्यमबाट अवलोकन गरिएको थियो। आयोजनाको पहिरो गएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा नियमित काम भइरहेको छ। पहिरो नियन्त्रणका लागि प्रोटेक्सनको काम भइरहेको आयोजनाले जनाएको छ।
 

 


 

More form the Internet

loading...