Suvadin, Home

बाढीले निर्माणाधीन पुल बगाएपछि‍‍‍‍‍...

स्थानीयवासीका अनुसार ढलानको तयारीमा रहेको पुलको संरचना आइतबार बिहान नदीमा आएको बाढीले भत्काएको हो । यो पुल बनाउन सरकारले २०७२ चैतमा मृत सञ्जीवनी निर्माण सेवासँग आठ करोड ६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो।

पोखरा, असार ९ - ठेक्का लिएको लामो समयसम्म काम नगर्ने र वर्ष सकिने लागेको बेला हतारमा काम गर्ने प्रवृत्तिका कारण ढलान गर्न तयार मादी नदीको पुल बाढीले भत्काएको छ। स्थानीयवासीकाअनुसार ढलानको तयारीमा रहेको पुलको संरचना आइतबार बिहान नदीमा आएको बाढीले भत्काएको हो।

यो पुल बनाउन सरकारले २०७२ चैतमा मृत सञ्जीवनी निर्माण सेवासँग आठ करोड ६ लाख रुपैयाँ लागतमा सम्झौता गरेको थियो । सम्झौताअनुसार २०७५ वैशाखमा पुल निर्माण सक्नुपर्ने थियो। निर्माण कम्पनीले ढिलाइ गरेपछि यो असारसम्म सक्ने गरी म्याद थप गरिएको थियो । 

 

 

   


 

More form the Internet

loading...