Suvadin, Home
Citizen Bank 806.7k

Cover Image

सोमवार मौसममा बदली 

आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो। लगातार चार दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आएपछि ठूलो राहत महसुस भएको थियो।  

काठमाडौं,२८ माघ-आइतबार सुधार आएको मौसम सोमबार फेरि बदली भएको छ। सोमबार फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ। 

आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो। लगातार चार दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आएपछि ठूलो राहत महसुस भएको थियो।  

सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।

त्यस्तै राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 

मंगलबार पश्चिमी र पूर्व तथा मध्यका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

फागुन १ गते दिउँसो देशको पश्चिमी भूभाग साथै पूर्व र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। 


 

More form the Internet

loading...