गोंगबुस्थित आइएमईका दुई शाखामा तोडफोड

काठमाडौं,२८ माघ- रेमिट्यान्स कम्पनी आइएमईका दुई वटा शाखामा अज्ञात समूहले तोडफोड गरेको छ। काठमाडौंको गोंगबु स्थित दुई वटा कार्यालयमा आइतवार राति तोडफोड गरिएको हो।
अज्ञात समूहको तोडफोडबाट शाखा कार्यालयका सीसीटिभी क्यामेरामा र सटरमा क्षति पुर्याइएको छ। एउटा कार्यालयबाट केही पैसा र सीम कार्ड समेत चोरी भएको महानगरीय प्रहरी बृत नयाँ बसपार्कले जनाएको छ।
नगद चोरी गर्ने नियतले तोडफोड गरेको देखिए पनि जिन्सी सामान चोरि नभएको बसपार्क प्रहरी प्रमुख प्रहरी निरीक्षक मोहन बिक्रम केसीले जानकारी दिए। घटना बारे थप अनुसन्धान भइरहेको केसीको भनाई छ।