Suvadin, Home

धादिङमा बस र दुई माइक्रो ठोक्किएर दुर्घटना, दुईजनाको मृत्यु

दुर्घटनामा ३२ जना घाइते भएको  र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।

काठमाडौं, असार १५ - धादिङको बेनीघाटमा बस र दुईवटा माइक्रो बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।  लु१ख ९०७९ नम्बरको बस बा३ख १००४ र बा२ख ४५६७ नम्बरको माइक्रोबससँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा ३२ जना घाइते भएको  र घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौै पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। मृतक एकजना धादिङ महादेवस्थान गाउँपालिकाका २७ वर्षीय श्यामकुमार श्रेष्ठ रेहको र एकजनाको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।  


 

More form the Internet

loading...