Suvadin, Home

पहिरो हटाउन प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार दुई कार्यालयबाट पाँचरपाँचजना प्रहरीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ। प्रहरी नायब निरीक्षकको नेतृत्वमा २४ सैं घण्टा तयारी अवस्थामा राखिने उनले जानकारी दिए।

चितवन, असार १५ -  वर्षासँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्ने क्रम शुरु भएपछि पन्छाउनका लागि प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय मुग्लिन र प्रहरीचौकी जुगेडीमार्फत प्रहरीको टोली खटाइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार दुई कार्यालयबाट पाँचरपाँचजना प्रहरीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ। प्रहरी नायब निरीक्षकको नेतृत्वमा २४ सैं घण्टा तयारी अवस्थामा राखिने उनले जानकारी दिए।

सडकमा पहिरो खसेको र दुर्घटना भएको जानकारी पाउनासाथ टोली परिचालन गरिने छ। पहिरोका कारण यात्रुले लामो समय सडकमा बस्न नपरोस् भन्ने उद्देश्यले प्रहरी परिचालन गरिएको कोइरालाले जानकारी दिए। सडक विस्तारका क्रममा ठाउँरठाउँमा भित्ता काटिएकाले वर्षात हुनासाथ ठूला साना पहिरो खस्ने गर्दछ। रासस

 


 

More form the Internet

loading...