Suvadin, Home

ट्रकले भ्यानलाई ठक्कर दिँदा तीनजनाको मृत्यु, ७ घाइते

लहानबाट यात्रु बोकेर पश्चिमतर्फ गइरहेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सई चौधरीले बताए। ‘दुर्टनामा परि म्याजिक भ्यानमा सवार दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको छ’, चौधरीले भने । 

लहान, असार १६ - पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका ११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार सात जना घाइते भएका छन् । 

मृत्यु हुनेमा गोलबजार नगरपालिका, पुनानो चोहर्वाका ३५ वर्षिय गणपति  महरा, वरियारपट्टि गाउँपालिकाकी ६० वर्षिया बचियादेबी राम र धनगढिमाइ नगरपालिका ९ मिसहर्नियाकी ४५ वर्षिया बुनुमाया लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका सई मनोज कुमार चौधरीले जानकारी दिए ।

लहानबाट यात्रु बोकेर पश्चिमतर्फ गइरहेको ना १ ज ७४५४ नम्बरको म्याजिक भ्यानलाई सोही दिशातर्फ गइरहेको ना ८ ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सई चौधरीले बताए। ‘दुर्टनामा परि म्याजिक भ्यानमा सवार दुई जना महिला र एक जना पुरुषको मृत्यु भएको छ’, चौधरीले भने । 

घाइतेहरुको राउ स्मारक अस्पताल लहान र सेराज पोलिक्लिनिकमा उपचार भैरहेको सई चौधरीले बताए। घाइतेमध्ये धनगढीमाइ ९ का ५० वर्षिय रामसेवक राम र दुई वर्षे बालक राजु रामलाई थप उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान रेफर गरिएको छ।


 

More form the Internet

loading...