शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा

लोक देउवा
बौनिया, २९ माघ -बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ स्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्थाको अध्यक्षमा नवराज टमट्टा चयन भएका छन्।
संस्थाको १२ औं साधारणसभाबाट टमट्टा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।शनिबार सम्पन्न वार्षिक साधारणसभाबाट ९ सदस्यीय पदाधिकारी चयनको टुंगो लागेपनि नेतृत्व चयन हुन सकेको थिएन।
सोमबार निर्वाचन प्रक्रिया सकिएको निर्वाचन संयोजक शिवराज गौतमले जानकारी दिए। जसको उपाध्यक्षमा नन्दाराम बिष्ट, कोषाध्यक्षमा लालमति बुढा, सचिवमा श्रीराम न्यौपाने चयन भएका छन्।
यस्तै सदस्यमा चन्द्रबहादुर बिक, पार्वती आचार्य, पदम तिरुवा, सुरेन्द्र चौधरी र रविन्द्र जैशी चयन भएका छन्। संचालक समितिमा ९ सदस्यीय कार्यसमिति रहने प्रावधान छ। सहकारी संस्थाको सबै पदमा सर्वसम्मत पदाधिकारी चयन गरिएको निर्वाचन संयोजक गौतमले जानकारी दिए।
निर्वाचित भएका सवै पदाधिकारीको पद तथा सपथ ग्रहण कार्यक्रम सोमबार नै सम्पन्न भएको छ। निर्वाचित भएसंगै अध्यक्ष नवराज टमट्टाले विद्युत महसुल दर प्रतियुनिट ८ रुपैयाँबाट घटाएर ५ रुपैयाँ कायम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उनले आगामी चालू आर्थिक वर्ष भित्र ५० केभीको ट्रान्सफर्मर खरिद गरि उपभोक्तालाई सेवा प्रवाह गर्ने समेत बताएका छन्।