Suvadin, Home

Cover Image

जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुलाई सास्ती

महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरुमा जेब्रा क्रसिङ राखिएको छैन्। जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासीहरुले गुनासो गरेका छन्। वर्षौदेखी जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएको छ।
file-photo

लम्की,२९ माघ -सुदूरपश्चिम् प्रदेशको प्रवेशद्धार लम्कीचुहा नगरपालिकामा रहेका विभिन्न सडकहरुमा जेब्रा क्रसिङ नहुँदा पैदल यात्रुहरुलाई बाटो काट्न समस्या भएको छ।

महेन्द्र राजमार्ग र अन्य सहायक सडकहरुमा जेब्रा क्रसिङ राखिएको छैन्। जेब्रा क्रसिङ नहुँदा बाटो काट्न निकै समस्या हुने गरेको स्थानीयवासीहरुले गुनासो गरेका छन्। वर्षौदेखी जेब्रा क्रसिङ तथा ब्रेकर नहुँदा दुर्घटनाको जोखिम निकै बढ्दै गएको छ।

स्थानीय विवश रावतले नागरिकहरुमा जेब्रा क्रसिङको ज्ञान नभएकाले उक्त चेतना जोगाएर स्थानीय सरकार, ट्राफिक प्रहरीले जेब्राक्रसिङ बनाउनु पर्ने बताए। 

पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै गएपछि सवारी दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ। सडकमा तीव्र गतिमा सवारी साधनहरु हुँइकी रहेका हुन्छन्।

ब्रेकर र जेब्रा क्रसिङ नहुँदा दुर्घटना बढ्दै गएको र जेब्राक्रसिङ बनाउने सडक डिभिजनको भएको बताउदै जेब्राक्रसिङ भएमा कार्यान्वयनको जिम्मा मात्र आफुहरुको भएको भन्दै ट्राफिक प्रहरी कार्यालय लम्की प्रमुख नवराज शाही उम्कीए। 

सडकमा जेब्रा क्रसिङ नहुँदा आफूहरुलाई पनि गाडी चलाउन समस्या भएको एक चालकले बताएका छन्।बजारमा जेब्रा क्रसिङ त पहिले देखी नै थिएन एक चोटी सिर्जनशिल युवाहरुले जेब्रा क्रसिङको नमुना बनाएपनि अरु पक्षले यसमा ध्यान नदिएको र यो कार्यमा अहिले पनि स्थानीय सरकारले जेब्रा क्रसिङ बनाउनु पर्नेमा जोड दिदै स्थानीय सरकार यसमा मौन बसेको पहिला जेब्रा क्रसिङ बनाउने समुहका एक जना युवाले गुनासो पोखे। 

यता नगरप्रमुख महादेव बजगाइले राजमार्ग संघिय सरकार अन्तरगत पर्ने हुदाँ स्थानीय सरकारको जिम्मा नभएपनि आफुहरुको जेब्रा क्रसिङ बनाउने दायित्व भएको बताए। ट्राफिक प्रहरीसंग समन्वय गरेर जेब्राक्रसिङ छिट्टै  बनाउने पहल गर्ने बताए। 


 

More form the Internet

loading...