Suvadin, Home

बाक्लो कुहिरोका कारण विमानस्थल ठप्प, यात्रु अलपत्र 

 एक मात्र अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण विहानैदेखि प्रभावित भएपछि यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन्। भिजीबिलिटी कम भएको कारण विहानका सबै उडान र अवतरण समेत प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।
file-photo

काठमाडौं,२९ माघ- काठमाडौं उपत्यकामा बाक्लो हुस्सु लागेका कारण मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ।

 एक मात्र अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान र अवतरण विहानैदेखि प्रभावित भएपछि यात्रुहरु विमानस्थलमा अलपत्र परेका छन्। भिजीबिलिटी कम भएको कारण विहानका सबै उडान र अवतरण समेत प्रभावित बनेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए।

आन्तरिक उडानका लागि कम्तीमा १६ सय र अन्तर्राष्ट्रिय उडानका लागि कम्तीमा ३ हजार मिटर भिजिबिलिटी आवश्यक पर्दछ। काठमाडौं उपत्यकाको भिजिबिलीटी बिहान ५० मिटर मात्रै रहेकोमा अहिले बढेर एक किलोटिरसम्म पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। 


 

More form the Internet

loading...