Suvadin, Home

Cover Image

रोजगार संयोजकको प्रारम्भिक नामावली सार्वजनिक (नतिजासहित)

रोजगार संयोजकमा भर्ना हुने संयोजकलाई अस्थाई कर्मचारी सरह सरकारी सेवा सुविधा र स्थानिय तहको भत्ता दिईने मन्त्रालयले जनाएको छ। संयोजकले महिनामा २६ दिन काम गर्नुपर्ने छ। साथै प्रसुति विदा, किरिया बिदा र घर विदाको व्यवस्था समेत रहेको छ। रोजगार संयोजकको कार्यालय भने गाउँपालिका वा नगरपालिकाको कार्यालयमा रहनेछ।
सांकेतिक चिन्ह।

काठमाडौं,२९ माघ -रोजगार संयोजक पदको प्रारम्भिक नतिजा सार्बजनिक भएको छ। श्रम मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आवेदन दिएका २३ हजार ९ सय ६८ जनाबाट २ हजार २ सय ६२ जनालाई प्रारम्भिक सुचिमा राखेको हो ।

अब परिक्षा फागुन ११ र १२ गते हुनेछ। परिक्षाको लागि प्रवेश पत्र, पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, शैशिक योग्यताको प्रमाण पत्र, अनुभवको प्रमाण पत्रको प्रतिलिपि लिएर जानुपर्ने छ।

रोजगार संयोजकमा भर्ना हुने संयोजकलाई अस्थाई कर्मचारी सरह सरकारी सेवा सुविधा र स्थानिय तहको भत्ता दिईने मन्त्रालयले जनाएको छ। संयोजकले महिनामा २६ दिन काम गर्नुपर्ने छ। साथै प्रसुति विदा, किरिया बिदा र घर विदाको व्यवस्था समेत रहेको छ। रोजगार संयोजकको कार्यालय भने गाउँपालिका वा नगरपालिकाको कार्यालयमा रहनेछ।

सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्दैछ। यही कार्यक्रम सञ्चालनको लागि हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्ति गर्न लागिएको हो  फागुन मसान्तसम्म रोजगार संयोजकको अन्तिम नतिजा सार्वजनिक गरेर चैतदेखि काममा खटाउने सरकारको योजना छ ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्


 

More form the Internet

loading...