Suvadin, Home

घाँटी रेटेर किशोरीको हत्या 

उनीहरू लागूऔषध प्रयोगकर्ता भएको र सेवनको लागि सो निर्माणाधीन भवनमा गएको हुनसक्ने स्थानीयहरूको अनुमान छ। सोमबार साँझसम्म सँगै रहेका उनका दुई साथी भने फरार छन्।
सांकेतिक चिन्ह।

पोखरा, २९ माघ –पोखरा महानगरपालिका वडा नम्बर -६ हल्लनचोकस्थित निर्माणाधीन भवनभित्र घाँटी रेटिएको अवस्थामा एक किशोरको शव फेला परेको छ। स्थानीय १४ वर्षीय सचिन सिञ्जाली मंगलबार बिहान मृत फेला परेका हुन्।

उनीहरू लागूऔषध प्रयोगकर्ता भएको र सेवनको लागि सो निर्माणाधीन भवनमा गएको हुनसक्ने स्थानीयहरूको अनुमान छ। सोमबार साँझसम्म सँगै रहेका उनका दुई साथी भने फरार छन्।


घटनाको विषयमा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।


 

More form the Internet

loading...