Suvadin, Home

Cover Image

गाई भैसीलाई सुत्केरी भत्ता  

हालसम्म १६ जना गाईपालक किसानले सुत्केरी भत्ता बुझेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । ‘गाउँघरमा गाई भैंसी पाल्ने प्रवृति हराएको छ’, उनले भने, ‘किसानलाई प्रोत्साहित गर्न र दुध उत्पादन बढाउन सुत्केरी भत्ताको व्यवस्था गरिएको हो।’

तनहुँ, असार २६ - तनहुँको म्याग्दे गाउँपालिकामा गाई भैसी पाल्ने किसानले सुत्केरी भत्ता पाउँछन् । गाई भैँसी व्याएपछि किसानलाई गाउँपालिकाले तीन हजार रुपैयाँ सुत्केरी भत्ता दिने गरेको छ। चालु वर्षको नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै विनियोजन गरेर सुत्केरी भत्ता वितरणको सुरुवात गरिएको हो।

हालसम्म १६ जना गाईपालक किसानले सुत्केरी भत्ता बुझेको प्रमुख प्रशासकीय अधिकृत दयाराम तिवारीले बताए । ‘गाउँघरमा गाई भैंसी पाल्ने प्रवृति हराएको छ’, उनले भने, ‘किसानलाई प्रोत्साहित गर्न र दुध उत्पादन बढाउन सुत्केरी भत्ताको व्यवस्था गरिएको हो।’

ब्याएपछिको दुई महिनासम्म पोषणयुक्त आहारा र दानापानीको व्यवस्था गर्न सके गाई भैँसीको दुध पछिसम्म पनि त्यही मात्रामा रहने उनको भनाई छ। ‘पोषणयुक्त आहारा र दानापानी खुवाउन भत्ता दिन्छौँ’ उनले भने।

गाईभैँसीको भत्ता लिन किसानको फर्म अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ। ‘व्यक्ति व्यक्तिलाई दिदा वैधानिक नहुन सक्छ’, उनले अगाडी भने, ‘व्याउने बेलाको भैँसी खरिद गर्ने व्याएर भत्ता लिएपछि बिक्री गर्ने जस्ता अवैधानिक काम हुन सक्छ। गाउँपालिकाले नियन्त्रण गर्नलाई पनि समस्या हुने भएकाले फर्म गरेको हुनुपर्ने प्रावधान अनिवार्य गरिएको हो।’

सुत्केरी भत्ता लिनलाई वडा कार्यालयको सिफारिस आवश्यक पर्ने प्रमुख प्रशासकीय अधिकृत तिवारीले बताए। गाउँपालिकाको यो कार्यक्रमबाट किसानहरु उत्साहित बनेका छन्। 


 

More form the Internet

loading...