Suvadin, Home

Cover Image

इरानले तेल ट्याङ्कर रोकेको ब्रिटेनको आरोप

तीनवटा इरानी पानीजहाज तथा ब्रिटिश ट्याङ्करको बीचमा ब्रिटिश नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेको अनि इरानी जहाजलाई मौखिक चेतावनी दिएको थियो। ती प्रवक्ताले इरानी कार्य ुअन्तर्राष्ट्रिय कानुनविपरीतु भएको बताए। इरानले गत साता जिब्राल्टरनिर उसको ट्याङ्कर कब्जा गरिएको कार्यको बदला लिने धम्की दिइरहेको थियो।

काठमाडाै‌, असार २६ - इरानी पानीजहाजहरूले खाडीमा ब्रिटिश तेल ट्याङ्करलाई रोक्ने प्रयास गरेको तर तिनलाई धपाएको ब्रिटिश सरकारका प्रवक्ताले बताएका छन्। तीनवटा इरानी पानीजहाज तथा ब्रिटिश ट्याङ्करको बीचमा ब्रिटिश नौसैनिक पानीजहाज एचएमएस मन्ट्रोज पसेको अनि इरानी जहाजलाई मौखिक चेतावनी दिएको थियो। ती प्रवक्ताले इरानी कार्य अन्तर्राष्ट्रिय कानुनविपरीत भएको बताए । इरानले गत साता जिब्राल्टरनिर उसको ट्याङ्कर कब्जा गरिएको कार्यको बदला लिने धम्की दिइरहेको थियो।

अमेरिकी सञ्चारमाध्यमहरूमा अमेरिकी अधिकारीलाई उद्धृत गर्दै आएका विवरण अनुसार इरानको रिभोल्युसनरी गार्ड कोरको स्वामित्वमा रहेका ठानिएका जहाजहरूले ब्रिटिश हेरिटेज नामक ट्याङ्करलाई खाडीबाट स्ट्रेट अफ होर्मुजतर्फ लाग्दै गर्दा अवरोध गर्ने प्रयास गरेका थिए। लगत्तै उक्त ट्याङ्करको सुरक्षामा सँगसँगै रहेको ब्रिटिश नौसैनिक जहाज एचएमएस मन्ट्रोजले इरानी जहाजहरूतिर बन्दूक ताकेर पछि फर्कन चेतावनी दिएको थियो।

इरानी जहाज त्यसपछि त्यहाँबाट फर्किएका थिए। गत साता ब्रिटिश रोयल मरिनले जिब्राल्टरमा एक इरानी तेल ट्याङ्कर कब्जामा लिन सघाएका थिए। सो इरानी ट्याङ्करले युरोपेली संघले लगाएका प्रतिबन्ध उल्लंघन गर्दै सिरिया जान लागेको आशङ्का गरिएको थियो।


 

More form the Internet

loading...