Suvadin, Home

Cover Image

सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै जलविद्युत् आयोजनामा तोडफोड

हाइड्रोका जेसीबी चालक माधव बोहरालगायतले बुंगल नगरपालिका–२ बस्तीकी ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयले दोषीलाई कारवाहीको माग राखेर तोडफोड गरेका हुन् । यसले हाइड्रोको कामसमेत प्रभावित बनेको छ ।

बझाङ, असार २७ - सुदूरपश्चिम प्रदेशको गौरवको योजना मानिएको बझाङको बुंगलमा रहेको कालंगा हाइड्रो प्रालिको फिल्ड कार्यालयमा तोडफोड भएको छ ।

हाइड्रोका जेसीबी चालक माधव बोहरालगायतले बुंगल नगरपालिका–२ बस्तीकी ललिता धामीको सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै स्थानीयले दोषीलाई कारवाहीको माग राखेर तोडफोड गरेका हुन् । यसले हाइड्रोको कामसमेत प्रभावित बनेको छ ।

बझाङको बुंगलमा रहेको कालंगा हाइड्रो प्रालिको फिल्ड कार्यालयमा स्थानीय र विद्यार्थीले तोडफोड गरेका कारण झन्डै १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

असार १६ गते स्थानीय ललिता धामीको सामूहिक बलात्कारपछि हत्या भएपछि आक्रोसित स्थानीय र विद्यार्थीले तोडफोड गरेका हुन् । हाइड्रोका चालक माधव बोहोरासमेत बलात्कारपछि हत्याको घटनामा संलग्न रहेको आरोपमा तोडफोड गरिएको बताइएको छ ।

तर कालंगा हाइड्रो प्रालिका संस्थापक वीरेन्द्र मल्लले भने दुःखद घटना भए पनि पीडित परिवार, जनप्रतिनिधि र हाइड्रोबीच सहमति भइसकेपछि केही व्यक्तिले घटना भएको पाँच दिनपछि सुनियोजित ढंगले तोडफोड गरेको आरोप लगाए ।

बलात्कारपछि हत्या भएको घटनामा हाइड्रोका सवारी चालकको समेत संलग्नता रहेको पाइएपछि स्थानीयवासीको आक्रोस थामिएको छैन । यसले सुदूरपश्चिम सरकारको गौरवको आयोजना मानिएको ६५ मेगावाट क्षमताको कालंगा हाइड्रोको काम प्रभावित हुने संकेत देखिएको छ ।


 

More form the Internet

loading...