Suvadin, Home

Cover Image

टर्कीले रुसी हतियार भित्र्यायो

टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो। टर्कीले रुसी एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अमेरिकी एफ-३५ लडाकु विमान सँगै राख्न नपाउने बताउँदै आएको अमेरिकालाई क्रुद्ध बनाउने छ।

काठमाडाै, असार २७ - टर्कीले रुसी हतियार भित्र्याएकाे छ ।  एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली  भित्र्याएकाे हाे । यसले जमिनबाट आकाशमा प्रहार गर्नसक्छ । अमेरिकाले विरोध जनाएपनि टर्कीले रुससँग किनेको एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको पहिलो ढुवानी प्राप्त गरेको छ।

टर्कीका रक्षामन्त्रीका अनुसार सो ढुवानी शुक्रवार राजधानी अंकारास्थित एक विमानस्थलमा आइपुगेको हो। टर्कीले रुसी एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र अमेरिकी एफ-३५ लडाकु विमान सँगै राख्न नपाउने बताउँदै आएको अमेरिकालाई क्रुद्ध बनाउने छ।

टर्की र अमेरिका उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटोका सदस्य हुन् तर टर्कीले रुससँग पनि नजिकको सम्बन्ध राख्न खोजिरहेको छ। एक सय वटा अमेरिकी एफ-३५ लडाकु विमान किन्न हस्ताक्षर गरेको टर्कीले एफ-३५ कार्यक्रममा ठूलो लगानी गरेको छ।

तर अमेरिकी रक्षा अधिकारीहरू भने रुसी प्राविधिकहरूले एफ-३५ विमानको कमजोरी पत्ता लगाउन सक्ने डरका कारण सो विमानलाई एस-४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली नजिकै राख्न चाहँदैनन् ।


 

More form the Internet

loading...