Suvadin, Home

Cover Image

बाढी र पहिरोले काठमाडौं जोड्ने चार सडक अवरुद्ध, खुलाउने प्रयास जारी

वर्षाकै कारण आएको पहिरोका कारण हेटौंडा–काठमाडौ जोड्ने कान्तिलोकपथ सडक पनि चार दिनदेखि अवरुद्ध भएको छ। यता, बाढी र पहिरोका कारण मकवानपुरको कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका क्षेत्र र हेटौंडा उपमहानगरपालिका पनि ग्रामिण सडकहरु अवरुद्ध भएका छन्।

काठमाडाै‌, असार २७ - काठमाडौं जोड्ने चार वटा सडक निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले अवरुद्ध भएका छन्। पहिरोका कारण सिस्नेरी र फाखेल हुँदै हेटौंडा–काठमाडौं छोटो दुरीको मार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवं प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए।

शुक्रबार बिहान साढे ९ बजेतिर भीमफेदी गाउँपालिका–१, बागझोरामा आएको बाढीको कारण त्रिभुवन राजपथसमेत अवरुद्ध भएकाले खुलाउने प्रयास भईरहेको उनले बताए। वर्षादकै कारण आएको पहिरोका कारण हेटौंडा–काठमाडौ जोड्ने कान्तिलोकपथ सडक पनि चार दिनदेखि अवरुद्ध भएको छ।

शुक्रबार बिहान करिब साढे ४ बजे आएको पहिरोका कारण हेटौंडाबाट भीमफेदी–फाखेलहुँदै काठमाडौं जाने सडक अवरुद्ध भएको प्रहरी उपरिक्षक सिंहले बताए। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका २, सिस्नेरी र ईन्द्रसरोवर ३ ज्यामिरे, महालक्ष्मी खोला नजिकै र ईन्द्रसरोवर १, कलंकीमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको उनले बताए। हेटौंडा–भीमफेदी–सिस्नेरी हुँदै काठमाडौ जाने सडक भने पहिरोका कारण बिहीबारबाटै अवरुद्ध रहेको छ।

कान्तिलोकपथ अन्तर्गत भिमफेदी गाउँपालिका–८ गगटे, कालोपहिरो, लेनडाँडा सिमात खोला नजिकै पहिरो खस्दा राजपथ अवरुद्ध बनेको छ। यता, बाढी र पहिरोका कारण मकवानपुरको कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका क्षेत्र र हेटौंडा उपमहानगरपालिका पनि ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। त्यस्तै, पुर्वी मकवानपुरको बकैया–बागमती सडक खण्डको केही भागमा समेत सवारी आवगमन रोकिएको छ।


 

More form the Internet

loading...