Suvadin, Home

Cover Image

उद्धारको लागि सेनाको हेलिकाेप्टर पठाइयाे
बागमतीमा १७ जना फसे, १ बेपत्ता 

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको छ ।

काठमाडौं, असार २७ - रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेका छन् । गाइबस्तु चराउन गएका उनीहरु अविरल वर्षापछिको बाढीले फसेका हुन् । त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन् । गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवी वेपत्ता भएकी हुन्।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको छ । पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ। उक्त घरहरु डुबानमा परेका छन्।

 
 


 

More form the Internet

loading...