Suvadin, Home

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता

नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २४ जना महिला र ३६ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो।  

काठमाडौं, असार २९ - अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्‍न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार अपरान्हसम्म ६० जनाको मृत्यु भएको छ।   नेपाल प्रहरीले जारी गरेको पछिल्लो विवरण अनुसार हालसम्म २४ जना महिला र ३६ जना पुरुषको बाढीको कारण मृत्यु भएको हो।  

यस्तै हालसम्म २६ जना बेपत्ता भएका छन्। जसमा १२ महिला र १४ पुरुष छन्। देशभरबाट एक हजार चार सय ४४ जनालाई सकुशल उद्धार गरिएको छ। हालसम्म बाढीमा परेर १७ महिला र २१ पुरुषसहित ३८ जना घाइते भएको प्रहरीले जनाएको छ। 

यसैबीच अपरान्ह बसेकाे मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवान प्रभावित क्षेत्रमा तत्काल अत्यावश्यक सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

 

 


 

More form the Internet

loading...