Suvadin, Home

मध्य तराईका नदीमा बाढी आउन सक्ने, सचेत रहन आग्रह

मध्य तराईसँगै काठमाण्डौ उपत्यकामा पनि राति ठूलो पानी परेको छ । यस्तै निरन्तरको वर्षाका कारण पूर्वका झापा, मोरङ, इलाममा पनि वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको हो । 

काठमाडाैं, असार ३० - मध्य तराईका रातो, खाडो, गागल लगायतका नदीमा बाढी आउन सक्नेभन्दै बाढी पूर्वानुमान शाखाले सचेत गराएको छ । भारतबाट ठूलो वर्षा गराउने बादल नेपाल प्रवेश गरेकाले थप वर्षाका कारण नदीहरुमा बाढी आउन सक्ने भन्दै सतर्क रहन शाखाले आग्रह गरेको हो ।

मध्य तराईसँगै काठमाण्डौ उपत्यकामा पनि राति ठूलो पानी परेको छ । यस्तै निरन्तरको वर्षाका कारण पूर्वका झापा, मोरङ, इलाममा पनि वर्षा भइरहेकाले नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन शाखाले आग्रह गरेको हो । 

यस्तै महोत्तरीको भप्सीखोलामा पानीको सतह बढेर पुल जोखिम परेकाले पूर्व पश्चिम राजमार्ग अबरुद्ध भएको छ । बिहान ४ बजेदेखि खोलामा पानीको सतह बढेपछि बेलिब्रिज भत्किन सक्ने भन्दै पुलमा गाडीको आवागमन रोकिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसैबीच अहिले पनि देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । गएरातिदेखि पूर्व, मध्य र पश्चिम क्षेत्रका केही पहाडी तथा तराईका जिल्लामा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातभर आएको पानीका कारण नदीमा पानीको सतह बढेको छ । वर्षाका कारण नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दे सतर्क रहन महाशाखाले आग्रह गरेको छ । सोमबार दिनभर पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद राजु प्रधानाङगले जानकारी दिए । 
 

 

 


 

More form the Internet

loading...