Suvadin, Home

श्रीमान्-श्रीमतीको एकैदिन निधन 

बिरामी भएर उपचारत् नर्मदाको मृत्यु मंगलबार पौने ८ बजेतिर घरैमा भयो।उनको मृत्यु भएसँगै घरमा रुवाबासी सुरु भयो । उनका ८८ वर्षीया श्रीमान् टिका छोराछोरीलाई सम्झाउन थाले। तर अचानक उनी पनि बिरामी परे। 

काठमाडौं, साउन १ -  इटहरीमा एक जोडीले एकै दिन मृत्यु बरण गरेका छन्।त्यो जोडी हो ७८ वर्षीया नर्मदादेवी भट्टराई र ८८ वर्षीय टिकाप्रसाद भट्टराई।यो जोडीको मृत्यु मात्र ३ घन्टाको फरकमा भएको हो ।

इटहरी वडा नं.१३ की ७८ वर्षीया नर्मदादेवी भट्टराई र उनका श्रीमान टिकाप्रसाद भट्टराईको एकै रात मृत्यु भयो। तीन घण्टाको फरकमा उनीहरुको मृत्यु भएको छोरा राजनले जानकारी दिनुभयाे ।

बिरामी भएर उपचारत् नर्मदाको मृत्यु मंगलबार पौने ८ बजेतिर घरैमा भयो।उनको मृत्यु भएसँगै घरमा रुवाबासी सुरु भयो । उनका ८८ वर्षीया श्रीमान् टिका छोराछोरीलाई सम्झाउन थाले। तर अचानक उनी पनि बिरामी परे । 

लगत्तै उनलाई विराटनगरमा रहेको नोबेल अस्पताल लगियो। त्यही राति चिकित्सकले उनलाई मृत घोषित गरे । राति नै घर ल्याइएर बुधबार बिहान इटहरीस्थित बुढी गंगा जमुना मुक्तिघाटमा एउटै चितामा राखेर दाहसंस्कार गरिएको थियो। भट्टराई दम्पत्तीका चार छोरा र दुई छोरी छन्।उनीहरु कान्छा छोरासँग बस्दै आएका थिए ।


 

More form the Internet

loading...