Suvadin, Home

Cover Image

दक्षिण एसियाका ६० लाख मानिस बाढीको खतरामा

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भीषण बाढी आएको छ। प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन्।     त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ।

काठमाडाै‌, साउन १ - दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ। मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो।    

केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भीषण बाढी आएको छ। प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन्।     त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ।

त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ। त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन्।  ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ।

आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ ।  रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ।    

 

 


 

More form the Internet

loading...