Suvadin, Home

Cover Image

मेची राजमार्ग एकतर्फी खुल्यो

अहिले राजमार्गमा झरेको पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट पहिरो झर्ने क्रम पनि जारी भएकाले ठूला सवारी साधान वारपार गराउन समस्या भएको उनको भनाइ छ। सडकमा पहिरो झर्न नरोकिएकाले वैकल्पिक मार्ग पनि तयारी भइरहेको छ। गम्बा डाँडाबाट राँके निष्कने गरी वैकल्पिक मार्ग निर्माण गरिएको हो। 

पाँचथर, साउन ५ - पहिरोले चार दिनयता ठप्प मेची राजमार्ग आइतबार दिउँसोदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। फाल्गुनन्द गाँउपालिका-३  स्थित फिदिम राँके सडकखण्डको पांग्रे भीरमा गएको पहिरोले बुधबार रातिदेखि राजमार्ग ठप्प भएको थियो। 

सडकमा झरेको पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिए। ‘पहिरोले रोकिएर रहेका सवारी साधान गन्तव्यतर्फ गएका छन्,’ वस्तीले भने ‘राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ।’ 

अहिले राजमार्गमा झरेको पहिरो पन्छाउने काम भइरहेको छ। माथिबाट पहिरो झर्ने क्रम पनि जारी भएकाले ठूला सवारी साधान वारपार गराउन समस्या भएको उनको भनाइ छ। सडकमा पहिरो झर्न नरोकिएकाले वैकल्पिक मार्ग पनि तयारी भइरहेको छ। गम्बा डाँडाबाट राँके निष्कने गरी वैकल्पिक मार्ग निर्माण गरिएको हो। 

‘यसअघिनै खोलिएको सडकलाई मर्मत गरेर वैकल्पिक मार्ग तयार गरिएको हो,’ वस्तीले भने, ‘वैकल्पिक मार्गको साढे चार किलोमिटर सडक मर्मत भइसकेको छ । आइतबार साँझसम्म सबै काम पूरा हुन्छ।’ 

नौ किलोमिटरको वैकल्पिक मार्ग निर्माण गरिएको हो। मेची राजमार्गको पहिरो पन्छाउने काम सडक कार्यालय इलामले गरेको हो। वैकल्पिक मार्ग मर्मत गरेर सञ्चालन गर्नका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको गरेको छ।
  


 

More form the Internet

loading...