Suvadin, Home

भारतले भन्यो,- 'ट्रम्पले इमरानसँग झुट बोले'

भारतीय विदेश मन्त्रालयले 'त्यस्तो प्रस्ताव नराखिएको' भन्दै विवादका विषयमा सम्बन्धितसँग मात्र द्विपक्षीय छलफल भएको बतायो। अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ह्वाइट हाउसमा स्वागत गर्ने क्रममा ट्रम्पले मोदीले त्यस्तो प्रस्ताव राखेको बताएका थिए।

 एजेन्सी ,साउन ७ - पाकिस्तानसँगको कास्मिर विवाद हल गर्न प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यस्तताको प्रस्ताव राखेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइको भारतले खण्डन गरेको छ।

भारतीय विदेश मन्त्रालयले 'त्यस्तो प्रस्ताव नराखिएको' भन्दै विवादका विषयमा सम्बन्धितसँग मात्र द्विपक्षीय छलफल भएको बतायो। अमेरिका भ्रमणमा रहेका पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई ह्वाइट हाउसमा स्वागत गर्ने क्रममा ट्रम्पले मोदीले त्यस्तो प्रस्ताव राखेको बताएका थिए।

दुवै देश, भारत र पाकिस्तानले सम्पूर्ण कास्मिर क्षेत्र आफ्नो भएको दाबी गर्दै आए पनि कास्मिरका फरक–फरक हिस्सामा नियन्त्रण जमाउँदै आएका छन्।

कास्मिरकै मुद्दामा दुई देशबीच दुईपटक युद्धसमेत भएको छ भने गतवर्ष अन्तरसीमा हवाइ हमलासम्मको स्थिति पैदा भएको थियो। ट्रम्प सोमबार पहिलोपटक इमरान खानसँग आमनेसामने भएका हुन्।

सोही क्रममा खानले ट्रम्प नेतृत्वको शक्तिशाली देशले मात्र भारत–पाकिस्तानलाई एक ठाउँमा ल्याउन सक्ने बताएका थिए।

 


 

More form the Internet

loading...