Suvadin, Home

Cover Image

१२ एसपीको काज सरुवा (सूचीसहित)

जस अनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवासिफारिश भएका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका एसपी भीम ढकाललाई सरुवा गरी दिनेशराज मैनालीलाई पठाइएकाे छ।

काठमाडौं,१ फागुन -प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कामको मुल्यांकण र बढुवा भएका प्रहरी अधिकृतहरुको  काज सरुवा गरिएकाे हाे। 

जसअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवासिफारिश भएका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका एसपी भीम ढकाललाई सरुवा गरी दिनेशराज मैनालीलाई पठाइएकाे छ। यस्तै सर्लाहीमा गोपालचन्द्र भट्टराई, मकवानपुरमा मुकेश कुमार सिंह, एक नम्बर गणमा दीपकराज खरेल, रौतहटमा भुपेन्द्र बहादुर खत्री, पथलैया ट्राफिकमा योगबहादुर पाललाई सरुवा गरिएको छ।

यसैगरी कंचनपुरमा दिनेश कुमार आचार्य, बागलुङमा कृष्णहरी शर्मा पोखरेल, दङ्गा गण हेटौंडामा ध्रुवराज राउत, पहरा गणमा कुबेर कडायत,अपराध महाशाखामा केदार ढकाल, प्रहरी एकेडेमीमा दीपक रेग्मीलाई सरुवा गरिएको छ।

 


 

More form the Internet

loading...