Suvadin, Home

विहानैदेखि मौसममा बदली 

दिनभरि नै मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको उनले बताइन्। यस्तै मध्य क्षेत्रका अधिकांश ठाउँको मौसम आंशिक बदली हुने मौसमविद् नगरकोटीले जानकारी दिइन्।

काठमाडौं, २ फागुन-देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताइन्।

दिनभरि नै मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको उनले बताइन्। यस्तै मध्य क्षेत्रका अधिकांश ठाउँको मौसम आंशिक बदली हुने मौसमविद् नगरकोटीले जानकारी दिइन्।

पूर्वको पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ। पश्चिम र मध्य क्षेत्रमा पानी पर्ने सम्भावना छ। दिउँसो काठमाडौँ उपत्यकासहितका ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद नगरकोटीले बताएकी छन्।

देशका उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको र केही दिन मौसम यस्तै रहने सम्भावना छ।


 

More form the Internet

loading...