Suvadin, Home

मध्यराति धौलीगंगाको बाँध खोलिदै, महाकाली नदीको तटीय क्षेत्रमा सतर्क रहन आग्रह

धौलीगंगा पावर स्टेशनको बाँध खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनार आसपासमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । पानीको बहाव मंगलबारसम्म नै बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । 

काठमाडाैं, साउन १३ - भारतले सोमबार राति धौलीगंगा पावर स्टेशनको बाँध खोल्ने भएकाले महाकाली नदी किनारका बासिन्दाहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ । भारतीय प्रशासनले दिएको जानकारीअनुसार सोमबार राति १२ बजेपछि एनएचपीसी लिमिटेड धौलीगंगा पावर स्टेशनमा सफाइ गर्नु पर्ने भएकाले बाँध खोलिन लागेको हो । 

धौलीगंगा पावर स्टेशनको बाँध खोल्दा महाकाली नदीमा पानीको बहाव बढ्ने भएकाले नदी किनार आसपासमा नजान र सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । पानीको बहाव मंगलबारसम्म नै बढी हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए । 

यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि महाकाली नदीका आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । भारतले धौलीगंगा पावर स्टेशनको बाँध खोल्ने भएकाले महाकाली नदी आसपासका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको हो । यसअघि गएको असार ११ गते पनि भारतले धौलीगंगाको बाँध खोलेको थियो । 


 

More form the Internet

loading...