Suvadin, Home

Cover Image

३८ क्वीन्टल सुन तस्करी प्रकरण: सर्वोच्चमा सकियो बहस, मंगलबार आदेश हुने 

सुन तस्करीको आरोपीहरु भुजुङ गुरुङ, विमल पोद्दार, महावीरप्रसाद गोल्यान, डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल बालकृष्ण सन्जेललगायत उच्च अदालतको आदेश चित्त नबुझेको भन्दै सर्वोच्च पुगेका थिए । उच्च अदालतको आदेश उपर सर्वोच्चमा १२ कात्तिक ०७५ मा निवेदन दर्ता भएको थियो ।  

काठमाडौं, सोमबार १३ - ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुद्दामा उच्च अदालत विराटनगरले गरेको थुनछेकसम्बन्धी आदेश चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा परेको निवेदनमाथि सोमबार दुवै पक्षका कानुन व्यवसायीको बहस सकिएको छ ।

सुन तस्करीको आरोपीहरु भुजुङ गुरुङ, विमल पोद्दार, महावीरप्रसाद गोल्यान, डिएसपी सञ्जयबहादुर राउत, तुलाराम थारु, रामकुमार तिवारी र गोविन्दप्रसाद निरौला, राजन थापा, गोपालकुमार श्रेष्ठ, हेमन्त गौतम, सम्विरप्रसाद तोलाङ्गे, मदन सिलवाल, अमरमान डंगोल बालकृष्ण सन्जेललगायत उच्च अदालतको आदेश चित्त नबुझेको भन्दै सर्वोच्च पुगेका थिए । उच्च अदालतको आदेश उपर सर्वोच्चमा १२ कात्तिक ०७५ मा निवेदन दर्ता भएको थियो ।  

सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको संयुक्त इजलासले हेरिरहेको सो मुद्दाको सुनुवाइ गत १९ असारदेखि निरन्तर चलिरहेको थियो । गृह मन्त्रालयको सह सचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन भएको विशेष अनुसन्धान टोलीले दुई महिना लगाएर गरेको अनुसन्धानपछि फरारसहित ६३ जनाविरूद्ध जिल्ला अदालत मोरङमा हत्या तथा संगठित अपराध ऐनअन्तर्गत अभियोगमा मुद्दा दर्ता भएको थियो  । 

पक्राउ परेका ३३ मध्ये दुई जनालाई त्यतिबेलै छाडिएको थियो । ३१ जनालाई पुर्पक्षका लागि जेल जलान गरिएको थियो । अन्य ३० जना अझै फरार छन् । समितिले अनुसन्धानका क्रममा पक्राउ गरेका ६३ जनाविरुद्ध ३८ क्वीन्टल सुन तस्करी गरेको अभियोगमा मुद्दा चलाएको छ ।


 

More form the Internet

loading...