Suvadin, Home

आज र भोली मौसममा बदली, पानी पर्ने सम्भावना 

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ।  अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो। उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो। 

काठमाडौं,३ फागुन-पश्चिमी वायुको प्रभावले आज (शुक्रबार) र (भोली)शनिबार बद्ली र वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका मौमसविद् राजु प्रधानाङ्गले कमजोर रुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले बदलीसँगै हल्का वर्षा गराउने बताए। 

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म जारी रहने र आइतबारदेखि मौसममा सुधार आउने उनको भनाइ छ।  अघिल्लोपटक देखापरेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो। उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो। 

काठमाडौँ उपत्यकामा तीन–चार दिनयता घाम लागेकाले केही न्यानो महसुस गरिए पनि पश्चिमी वायुको प्रभावले बिहीबारदेखि बदली गराएका कारण काठमाडौँमा केही चिसो बढाएको छ। 

बिहीबार काठमाडौँको न्यूनतम सात र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रह्यो। महाशाखाको पछिल्लो विवरणअनुसार डडेलधुरामा सात, वीरेन्द्रनगरमा पाँच र दाङमा एक मिलिमिटर वर्षा भएको छ । 

महाशाखाका खनुसार शुक्रबार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 


 

More form the Internet

loading...