Suvadin, Home

Cover Image

आरक्षण बचाउ आन्दोलन बालुवाटारतर्फ

उनीहरूले विज्ञापनलाई खारेज गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए। आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले आयोगले खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिइरहेका छन्।

काठमाडाै‌, साउन २८ - लोकसेवा आयोगले स्थानीय तहका लागि माग गरेको विज्ञापन खारेजीको माग गर्दै आरक्षण बचाउ आन्दोलनका अभियान्ताहरूले प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको छ। संघीयताको मूलमर्म र समानुपातिक समावेशीको सिद्धान्तविपरीत प्रकाशित विज्ञान खारेजीका लागि सरकारलाई दबाब दिन उनीहरू प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा प्रदर्शन गरेका हुन्।

उनीहरूले विज्ञापनलाई खारेज गर्न माग गर्दै सरकारविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए । आदिवासी, जनजाति, महिला, दलित र पछाडि परेका समुदायले आयोगले खुलाएको स्थानीय तहको विज्ञापन समावेशी र समानुपातिक नभएको भन्दै विरोध प्रर्दशनको कामलाई निरन्तरता दिइरहेका छन्।

उनीहरूले सो विज्ञापन खारेज नभएसम्म आफूहरूको आन्दोलन जारी राख्ने चेतावनी पनि दिँदै आएका छन्। सरकारको सिफारिसमा आयोगले स्थानीय तहका लागि जेठ १५ गते ९ हजार १ सय ६१ कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको थियो भने साउन ४ गते परीक्षा लिएको थियो।   
 


 

More form the Internet

loading...