Suvadin, Home

विश्वकै ठूलो ज्यान भएका रोली नेपालमा

उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन्।  द विस्ट र सामुराई को उपनामले चिनिने  उनी विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन्।

काठमाडौं,३ फागुन-ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलार नेपाल आएका छन्। शनिबार काठमाडौंको प्रज्ञा भवनमा हुने आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ का लागि विङ्कलार बिहीबार नेपाल आइपुगेका हुन्। उनी गेस्ट पोजरको लागि नेपाल आएका हुन्। 

उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन्।  द विस्ट र सामुराई को उपनामले चिनिने  उनी विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन्। उनको हातको पाखुरा मात्र २४ इन्चको छ। सन् २०१३ देखि लगातार मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गरेका विङ्कलार २०१८ मा तेस्रो भएका थिए।


 

More form the Internet

loading...