Suvadin, Home

आफ्नै घरमा आगो लगाएको आरोपमा महिला पक्राउ

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक बद्री पौडेलेले जानकारी दिएका छन् । रिंकु देवीका श्रीमान अजय यादव र ससुरा लालबाबु यादवले बुहारीले घरमा आगो लगाएको दाबी गरेपनी अनुसन्धान पछी मात्र वास्तविकता बाहिर आउने पौडेको भनाइ छ ।

 रौतहट, भदौ १ - आफ्नै घरमा आगलागी गरेको आरोपमा रौतहटमा एक महिला पक्राउ परेकी छन् । रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाकी श्रीमती २९ वर्षीया बिजमा भनिने रिंकुदेवी यादवलाई प्रहरीले पक्राउ गरेको हो । 

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक बद्री पौडेलेले जानकारी दिएका छन् । रिंकु देवीका श्रीमान अजय यादव र ससुरा लालबाबु यादवले बुहारीले घरमा आगो लगाएको दाबी गरेपनी अनुसन्धान पछी मात्र वास्तविकता बाहिर आउने पौडेको भनाइ छ ।

यादवको घरमा शनिबार दिउँसो तीन बजे आगलागी भएको थियो । आगलागीबाट खरको छाना भएको घर पुर्णरुपमा जलेर नष्ट हुनुका साथै छिमेकी मंगनी यादवको घर समेत जलेर नष्ट भएको थियो । आगलागीबाट दुवैघरमा गरी तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घरायसी विवादका कारण लामोसमयदेखी रिंकु बृन्दाबन नगरपालिका अन्तरगत नरकटियास्थित माइती घरमा बस्दै आएको प्रहरीले जनाएको छ ।


 

More form the Internet

loading...