Suvadin, Home

Cover Image

काठमाडौंमा थप आकाशे पुल बनाउने तयारीमा महानगर, भएका आकाशे पुल प्रयोगविहिन 

मानिसको अत्यधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ । तर पनि नमजाको कुरो के छ भने सर्वसाधारणको अत्यधिक चाप हुने स्थानमा बनाईएका केहि आकासे पुल खासै प्रयोगमा आएको पाईदैन ।  आकाशे पुलमुनी भएर बाटो काट्छन् सर्वसाधारण । जबकी जेब्राक्रसबाट मात्रै बाटो काट्नुपर्दछ । 

काठमाडाैं, भाद्र १ - मानिसहरुको अत्यधिक चाप हुने शहर हो काठमाडौं उपत्यका । सर्वसाधारणको चापलाई मध्यनजर गरी उपत्यकाका कतिपय स्थानहरुमा सरकारले आकाशे पुल बनाएको छ । कतिपय ठाउँमा आकाशे पुल बन्ने क्रममै छन् । महानगरपालिकाले थप केही स्थानमा आकाशे पुल निर्माण गर्ने तयारी गरेको छ। हाल काठमाडौँ उपत्यकामा मात्रै १० वटा आकाशे पुल रहेका छन् । 

कलंकी चोक र कमलपोखरीमा रहेको पुल भत्काएपछि हाल दश वटा मात्र सञ्चालनमा रहेको हो । तीमध्ये रत्नपार्क, वीरअस्पताल अगाडि र भृकुटीमण्डलगायत स्थानमा रहेको पुल जीर्ण भइसकेका छन् ।

नयाँ आकाशे पुलको निर्माण र पुरानाको मर्मतसम्भारको काम शुरु गर्ने महानरको तयारी छ । चाबहिल र नयाँ बानेश्वर चोकमा नयाँ आकाशे पुल बनाउने तयारीकासाथ महानगरले प्राविधिकसहितको टोलीसमेत गठन गरिसकेको काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले शुभदिनलाई बताए ।  

उसो त नागरिकको अत्याधिक चाप हुने र आवश्यकता पनि भएको यी स्थानमा पहिले पनि निर्माणको लागि प्रस्ताव भइसकेको थियो । नयाँ पुल निर्माणको कामसँगै कामपाले जीर्ण अवस्थामा रहेका पुराना आकाशे पुल मर्मतको काम पनि गर्ने तयारी पनि गरेको उनकाे भनाइ छ । एक वर्षअघि नै महानगरपालिकाले विभिन्न स्थानमा पुल निर्माणका लागि ५ करोड बजेट विनियोजन गरिसकेको थियो ।

मानिसको अत्यधिक चाप रहने स्थान नयाँबानेश्वर, चाबहिल, कोटेश्वर चोक र काठमाडौँ जिल्ला अदालत अगाडि आकाशे पुलको आवश्यकता देखिएको छ । तर पनि नमजाको कुरो के छ भने सर्वसाधारणको अत्यधिक चाप हुने स्थानमा बनाईएका केहि आकासे पुल खासै प्रयोगमा आएको पाईदैन ।  आकाशे पुलमुनी भएर बाटो काट्छन् सर्वसाधारण । जबकी जेब्राक्रसबाट मात्रै बाटो काट्नुपर्दछ । 

यसरी बाटो काट्दा वा पुलमुनी हिँडदा दुर्घटनाको जोखिम पनि उत्तिकै हुन्छ । यस्ता कैयौँ पुलमध्ये बानेश्वरस्थित आकाशे पुल खासै प्रयोगमा आएको पाईदैन । बरु साँझ परेपछि डेटिङ स्थल बन्दै गएको चोकमै पसल सञ्चालन गर्दै आएका एक जना व्यापारीले बताए । उनले भने,- 'अधिकांश सर्वसधारणले आकाशे पुल प्रयोग गर्दैनन् । पुलमुनी हिँड्छन् । त्यहिबाटै बाटो काट्छन् । त्यसबेला जाम मात्रै होईन दुर्घटना भएको समेत कत्ति देखिन्छ । त्यो सर्वसाधारणको कमजोरी हो ।

उनले पुल हिजोआज युवा-युवती जम्मा हुने सेन्टर बनेको बताए । उनले अगाडि भने,- 'साँझ परेपछि लामो समयसम्म जोडिहरु बस्छन् । गफगाफ गरेको सुनिन्छ, देखिन्छ ।' हालसम्म अनैतिक गतिविधि गरेको भने आफूहरुले नदेखेको, नसुनेको उनले बताए । आखिर आकाशे पुलपर्ने क्षेत्रमा ट्राफिक प्रहरी खटिनुपर्दछ । जहाँ दुर्घटना मात्रै नभई हत्या, आत्महत्याका घटना पनि हुन सक्दछन् । तर प्रहरी नै त्यतातर्फ परिचालन भएको पाईदैन ।

नेपालमा सबैभन्दा बढि सवारी दुर्घटनाबाट सर्वसाधारणले ज्यान गुमाउने गर्छन् ।  विकसित मुलुकमा सवारी दुर्घटना घट्दै छ । हाम्रोजस्तो सानो मुलुकमा सवारी दुर्घटना बढ्दै जानु दुखद हो । कतै सवारी चालकको लापरवाहि त कतै सर्वसाधारणको कमजोरी तथा ट्राफिक नियमको उलंघनले दुर्घटना हुने गरेका छन् । हिँडदा होस् या सवारी हाँक्दा सचेत रहनैपर्छ । आकाशे पुल भएका स्थानमा पुलमाथीबाटै आवतजावत गर्नुपर्दछ ।

पुलमुनीबाट भुलेर पनि बाटो काट्नुहुँदैन । यसो गर्दा दुर्घटनामा पर्नुका साथै ज्यानै जान सक्ने जोखिम हुन्छ । अतः पैदलयात्रुलाई जेब्राक्रस र आकाशेपुलबाटै सडक पार गर्ने बानी बसाल्न अभियानको समेत आवश्यकता देखिन्छ । सडकमा हिँड्दा होस, बाटो काट्दा ध्यान दिऔैँ, ट्राफिक नियमको सबैले पालना गरौँ ।

  
 


 

More form the Internet

loading...