Suvadin, Home

Cover Image

पूर्वराजदूत हत्या प्रकरण: सुरक्षागार्ड कान्छा तामाङ फेरि पक्राउ

 पूर्वराजदुत केशवराज झा हत्या प्रकरणमा सुरक्षागार्ड कान्छाराज तामाङ पक्राउ परेका छन् । प्रहरीले तामाङलाई काभ्रेको खोपासीबाट पक्राउ गरेको हो । 

महानगरीय अपराध अनुसन्धान मशाहाखाका एसएसपी सहकुल थापाले कान्छा तामाङ शनिबार काभ्रे पनौतीको खोपासीबाट पक्राउ परेको पुष्टि गरे । 

झाको हत्या प्रकरणमा तामाङ यसअघि पक्राउ परेर धरौटीमा रिहा भएका थिए ।  पूर्वराजदूत झाको श्रीमतीले तामाङविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी समेत दिएकी छन् ।


 

More form the Internet

loading...