Suvadin, Home

Cover Image

सिनो हाइड्रोलाई मेलम्चीको बाँकी कामको ठेक्का

सिनो हाईड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलेम्चीको ठेक्का पाउँदा सिनो हाईड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउने भएको हो ।

काठमाडौं, भदाै ३ - ठेकदार भागेपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाउने भएको छ । यो कम्पनी हाल माथिल्लो तामाकोशीको प्रमुख ठेकदार हो ।

सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुई वटा प्याकेजमा विभिजन गरेर ठेक्का लगाएको थियो । तर, दुबै ठेक्का सिनोले नै पाउने भएको हो ।

दुबै ठेक्कामा सबैभन्दा कम रकम कबोल गरेकाले सिनोले ठेक्का पाउने भएको मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कडेँलले बताए । सुरुङ र हेडवक्र्सका कामका लागि फरक-फरक ठेक्कामा सिनो छानिएको उनले जानकारी दिए ।

सिनो हाईड्रो नेपालको जलविद्युत आयोजनाहरुको निर्माणमा अनुभवी कम्पनी हो । संयोग के छ भने यसअघि इटालियन कम्पनी सीएमसीले मलेम्चीको ठेक्का पाउँदा सिनो हाईड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउने भएको हो ।

कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ । कम्पनीलाई आयोजनाले ‘लेटर अफ एसेप्टेन्स’का लागि बोलाएको छ । कम्पनी छनोट भएर निकालिएको सूचनामा कुनै दावी विरोध नपरेपछि सिनोलाई सम्झौतामा लागि बोलाइएको हो।


 

More form the Internet

loading...