Suvadin, Home

बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ

कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

काठमाडौं । कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएकी ती महिलाको बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

कतार एयरवेजको विमानबाट गत चैत ४ गते नेपाल आएकी ती महिला चैत १९ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । 

उनले २४ घण्टापछि गरिने अर्को परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए ती महिलाई डिस्चार्ज गरिने छ ।


 

More form the Internet

loading...