Suvadin, Home

बाटोमा पैसा फाल्दै हिँड्ने दुई महिलाको पिसिआर रिपोर्ट नेगेटिभ 

जनकपुरको महावीर चोकमा पैसा फाल्दै हिँड्ने दुई महिलाको कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  

जनकपुरधाम । जनकपुरको महावीर चोकमा पैसा फाल्दै हिँड्ने दुई महिलाको कोरोनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।  

आरडिटी परीक्षणमा भने उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ती महिलाको परीक्षण गरिएको थियो । 

कोरोना भाइरस संक्रमणको त्रासमा बाटोबाटोमा पैसा फालेर फरार भएका ती महिलालाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार प्रादेशिक अस्पताल जनकपुरमा कोरोना परीक्षणका लागि पठाएको थियो । पिसिआर रिपोर्टमा कोरोना नेगेटिभ आएको अस्पताल प्रशासनले जनाएको छ ।


 

More form the Internet

loading...