Suvadin, Home
पूर्वाद्ध भन्दा उत्तराद्र्ध कमजोर देखिन्छ। समयको सदुपयोग गर्न पछि नपर्नु होला। लगनशिलता बढाउनु पर्ने देखिन्छ। साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान र्पुरयाउने छ। लाभका काममा भन्दा मनोरञ्जन बढि हुनेछ। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ। विवादित काममा हात नहाल्नु होला।

काठमाडाैं,७ फागुन

मेषः– मनमा शान्ति मिल्ने छैन। देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन्।लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था आउन सक्छ। अस्थिरता बढ्ने देखिन्छ। पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो हुनेछ। व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न।आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ। स्वास्थ्य कमजोर बन्नेछ।

वृषः– समयको सदुपयोग गर्नु होला। आर्थिक उन्नतिका सम्भावना अझै देखिन्छ। भाई बन्धु श्रीमति तथा सन्तानबाट सुख शान्ति मिल्नेछ। आफ्नै बाहुबलबाट धेरै कामको टुङ्गो लगाईनेछ। व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ। मुद्धामा जित हुनेछ। मध्यान्ह पछि समय कमजोर देखिन्छ। ऋण लगानी नगर्नु होला। काममा ढिला नगर्नु होला।

मिथुनः–आम्दानीका मार्ग कमजोर देखिन्छ।संचित धनमा ह्रास आउन सक्छ। अरुको भर नपर्नु होला,सहयोग गर्ने भन्द खुट्टो तान्ने बढि हुनेछन्। मध्यान्ह पछि समयमा सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ। इष्टमित्रबाट भने खासै सहयोग पाईने छैन।

कर्कटः– पूर्वाद्ध भन्दा उत्तराद्र्ध कमजोर देखिन्छ। समयको सदुपयोग गर्न पछि नपर्नु होला। लगनशिलता बढाउनु पर्ने देखिन्छ। साझेदारीमा हात नहाल्नु होला, लापर्वाहिले आफैलाई नोक्सान र्पुरयाउने छ। लाभका काममा भन्दा मनोरञ्जन बढि हुनेछ। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ। विवादित काममा हात नहाल्नु होला।

सिंहः– प्रातकाल पश्चताप पूर्ण रहला। श्रमको मुल्य लिन सकिने छैन। सहयोग गर्दा उल्टो दोष पाईनेछ। आफन्तमा झै–झगडा पर्न सक्छ। व्यय मार्ग बढि खुल्ला देखिन्छ। आशाहरु निरासामा परिणत हुनसक्छन्। जोखिम मोलेर कुनै काम नगर्नु होला। मध्यान्ह देखि समयमा सुधार आउनेछ। रोकिएका काम अगाडि बढ्ने छन्। व्यापार बढ्नेछ।

कन्याः– समयमा गरेका काम सम्पन्न हुनेछन्। ढिलो गरेमा प्राप्त उपलब्धि गुम्ने छन्। विशेष गरेर मध्यान्ह पछिको समय प्रतिकुल देखिन्छ। नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ। आफन्तको सहयोगमा कमी आउनेछ। व्यापार व्यवसायबाट आम्दानी घट्नेछ। कमाएको धनलाई वचाउन भने गाह्रो हुनेछ।

तुलाः– दिन अनुकुल नै देखिन्छ। विचलित नभई काम गर्नु होला अवस्य गन्तव्यमा पुग्न सक्नु हुनेछ। अरुको भर नपर्नु होला आफैले बातावरण मिलाएर काम गर्नु होला। चुनौतिका विच धेरै काम बन्ने छन्। नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछन्। ज्ञान र शिपको प्रयोग गरेर अगाडि बढ्नु होला। व्यापार बढ्नेछ।

वृश्चिकः– पूर्वाद्ध कमसल भए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ। गतिरोध हट्नेछ भने कामले विस्तारै गति लिनेछ। भाग्यले साथ दिनेछ। प्रेरणादायक काम बन्ने छन्। नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ। व्यापार व्यवसायमा विस्तारै सुधार आउने देखिन्छ। आफन्तको सहयोग मिल्नेछ।

धनुः– गलत व्यक्ति सहयोगी रुप धारण गरेर आउन सक्छन् सतर्क भएर काम गर्नु होला। कुनै पनि काम गर्दा मनलाई नियन्त्रण गरेर अगाडि बढ्नु होला। प्रतिकुल परिस्थितिको सामना गर्नु पर्नेछ। शरीरिक एवं मानसिक कमजोरी बढ्नेछ। लेनदेन कारोवारमा समस्या आउने देखिन्छ। व्यापार व्यवसायमा अवनति हुनेछ। संचित धनमा ह्रास आउनेछ।

मकरः– कुनै निर्णय लिनु छ भने प्रातःकालमा लिनु होला। मध्यान्ह पछि समयले कम साथ दिनेछ। जीवन साथिको सहयोगको महत्वपूर्ण भूमिका हुनेछ। व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन। विवादित काममा हात नहाल्नु होला। हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने अवस्था आउन सक्छ। मानसिक तनाव बढ्न सक्छ।

कुम्भः– सफलताका सिढि चढ्न संघर्ष गर्नु पर्नेछ। सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन्। प्रतिश्पर्धाबाट टाढा नभाग्नु होला। परिश्रम पूर्वक गोपनियता अप्नाई गरेका कामबाट लाभान्वित हुनुहुनेछ। मध्यान्ह पछि समय थोरै सहज हुने देखिन्छ। नयाँ कामको बारेमा विचार विमर्श हुनेछ। व्यापार व्यवसायमा सुधार आउनेछ।

मिनः– समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन। आर्थिक कारण काममा ढिला सुस्ति हुनेछ। लगानी मैत्री बातावरण देखिदैन। व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ। स्पष्ट कार्य दिशा तय गर्न नसक्दा उपलब्धि कम हात लाग्नेछ। पढाई लेखाईमा सामान्य सुधार आउनेछ। भ्रम उत्पन्न हुनसक्छ त्यसलाई निराकरण गर्नु होला नत्र पछि अप्ठ्यारो पर्नेछ।


 

More form the Internet

loading...