Suvadin, Home

मौसम बदलीः अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

देशको पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भई अधिकांश क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

काठमाडौं,१४ फागुन-देशभरको मौसम मंगलबार आंशिक देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ।

देशको पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भई अधिकांश क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

यस्तै मध्य र पूर्वका क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । काठमाडौँ उपत्यकासहित मध्य र पूर्वका क्षेत्रमा पनि बिहानैदेखि बादल लागेको छ भने केही ठाउँमा घाम लागेको छ।

दिउँसो मध्य र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यम पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन्।

राति देशभरको मौसम समान्यदेखि पूर्ण बदली हुने र अधिकांश क्षेत्रमा पानी पर्ने देखिएको छ। पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो।

अझै केही दिन पश्चिमी वायु सक्रिय हुने देखिएकाले मौसम नखुल्ने महाशाखाले जनाएको छ।


 

More form the Internet

loading...